एमाले सुनसरीमा रमेश बस्नेत इन रेवति भण्डारी आउट पत्रको कुनै आधिकारीकता र औचित्य छैनः भण्डारी

  • कार्तिक २०, २०७८
  • १,४५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० कार्तिक ः सुनसरीमा नेकपा एमालेमा दुइ समानान्तर समिति सकृय भइरहेको वेला जिल्ला अधिवेशन संयोजकमा रमेश बस्नेतलाई तोकिएको छ ।

विवाद समाधान कार्यदलका संयोजक सुभाष नेम्वाङ र कार्यदल सदस्य भीम आचार्यले वस्नेतलाई पत्र पठाउदै संयोजकको जिम्मेवारी तोकेका हुन् ।

final [hoto

कार्यदलले २०७५ जेठ दुई अघिका अध्यक्ष रहेका बस्नेतकै संयोजकत्वमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

विवाद समाधानको लागि गत भदौ १० गते बसेको केन्द्रीय कमिटीको बैठकले बनाएको सहजीकरण कार्यदलले बस्नेतको नेतृत्वमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

कार्यदलका संयोजक सुवास नेम्वाङ र सदस्य भीम आचार्यले संयुक्त रूपमा बस्नेतको नाममा निर्णय कार्यान्वयन गर्ने पत्र पठाएका छन् । कार्त्तिक ८ गते बस्नेतको नाममा आएको पत्रमा सङ्गठनात्मक तथा अन्य कार्ययोजना बनाउन निर्देशन दिइएको उल्लेख गरीएको छ ।

सुनसरीमा रमेश बस्नेत र रेवतीरमण भण्डारीले नेतृत्व गरेको दुई वटा कमिटी हालसम्म सकृय छन् । भर्खरै सम्पन्न पालिका अधिवेशनमा भण्डारी नेतृत्वको कमिटीले नेतृत्व गरेको थियो ।

नेम्वाङ संयोजक रहेको कार्यदलले बस्नेतको संयोजकत्वमा जिल्ला अधिवेशन आयोजक कमिटी बनाउने नेकपा एमालेले निर्णय गरेको हो । भण्डारी नेम्वाङ निकट नेता हुन ।

दुवै नेताद्धारा हस्ताक्षति निर्देशनमा आयोजक कमिटीको सह संयोजकमा नन्द कुमार बस्नेत र निलम खनाल, सचिवमा पर्शुराम यादव र उप सचिवमा लिलम बस्नेत रहनेछन् । यस्तै सदस्यमा दुवै जिल्ला कमिटीका सदस्यहरू रहने उल्लेख गरिएको छ ।

आगामी पौष मसान्तभित्र जिल्ला अधिवेशन आयोजना गर्न निर्देशन दिइएको पत्रमा आगामी अधिवेशन बस्नेतले नै नेतृत्व गर्नुपर्ने उल्लेख गरीएको छ ।

यता रेवति भण्डारीले लेटर प्याडमा नभएको र छाप पनि नभएको वताउदै त्यसलाई दुइ नेताले पत्रकाएको पत्र भएको र त्यसको कुनै औचित्य नभएको दावी गरे ।

उनले फेसवुके प्रचार मात्र भएको आरोप समेत लगाए । त्यसलाई कुनै हालतमा वैधानिक नमान्ने जिकिर समेत गरेकाछन् । भण्डारी समूहले कार्त्तिक २७ गते निर्वाचन हुने गरी बुधवार कार्य तालीका समेत सार्वजनिक गरीसकेको छ ।

दुवै नेताले हस्ताक्षर गरी पठाएको निर्देशन पत्र अनुसार भण्डारीले वनाएको प्रतिनिधि अवैध हुनेछ । निर्देशन कार्यान्वयन गर्ने हो भने वस्नेतले पुर्न प्रतिनिधि चयन गर्नेछन् ।

दुइ समूह मिलाउदा आउने समस्या समाधानको लागि नेम्वाङ र भीम आचार्यले हस्ताक्षर गरेको पत्रमा सुनसरी इन्चार्ज धर्मराज निरौला संयोजक रहने गरी भगवती चौधरी, जगदीश कुसियैत, तैयव हुसेन, रेवती भण्डारी, रमेश बस्नेत र मुरारी सुवेदी सदस्य रहेको कार्यदल समेत बनाइएको छ ।

कार्यदलका सदस्य तथा प्रदेश नं. १ का इन्चार्ज भीम आचार्यले एमाले विभाजन ल्याउन विभिन्न तत्त्व लागी परेकाले त्यसलाई रोक्न निर्देशन दिइएको बताए । एमाले एकताको सन्देश दिनको लागी पत्र मार्फत निर्देशन गरिएको उनको भनाई छ ।

कार्यदलले दिएको निर्देशन पालना नगर्ने जो कोहीलाई पनि कार्वाहीको दायरामा ल्याउनु पर्ने कार्यकर्ताहरुको भनाई रहेको छ । निर्देशन जारी भइसकेको अवस्थामा जवरजस्ती गर्नु गैरराजनीतिक कार्य भएको ती कार्यकर्ताहरुको भनाई रहेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic