विपीका डा.लोकबहादुर श्रेष्ठलाई न्युसाउथ वेल्समा विद्यावारिधीका लागि छात्रवृत्ति

  • कार्तिक ३०, २०७८
  • १,७३८ पटक पढिएको
  • छाल खबर
alt

श्रीशीशा राई
धरान,३० कार्तिक ः विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सक डा. लोकबहादुर श्रेष्ठले अष्ट्रेलियाको युनिभर्सिटी अफ न्युसाउथ वेल्समा विद्यावारिधि अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेकाछन् ।

उक्त विश्वविद्यालय विश्वकै उत्कृष्ट ५० मध्ये एक विश्वविद्यालय मानिन्छ । डा. श्रेष्ठले प्राप्त गरेको छात्रवृत्तिलाई साइन्सिया स्कलरसिपका नामले चिनिन्छ जुन चिकित्सा अध्ययनमा विश्वकै एक उत्कृष्ट र सम्मानित छात्रवृत्ति मानिन्छ । यो छात्रवृत्ति पाउने उनी नेपालका पाँचौ र विपी प्रतिष्ठानका पहिलो चिकित्सक हुन् ।

४ वर्षे विद्यावारिधी अध्ययनका लागि दिइने यस छात्रवृत्ति करिब चार करोड नेपाली रुपैया बराबरको हुन्छ । छात्रवृत्तिको प्रावधान अनुसार अध्ययनका लागि डा. श्रेष्ठ अष्ट्रेलियामै रहनुपर्नेछ । निकट भविष्मै परिवार सहित अष्ट्रेलिया प्रस्थान गर्ने तयारीमा रहेको उनले जानकारी गराएकाछन् ।

यसैका लागि उनले विपी प्रतिष्ठानको एसिस्टेन्ट प्रोफेसर पदबाट राजीनामा गरिसकेकाछन् ।‘सार्स कोभ २ भाईरस’ विद्यावारिधीका लागि उनको अध्ययनको विषय हो ।

यस अन्तर्गत उनले कोभिड १९ सम्बन्धि खोज अनुसन्धान गर्नेछन् । ‘कोभिड १९ सम्बन्धमा विश्वले हालसम्म नदेखेको वा थाहा नपाएको नयाँ कुरा पत्ता लगाउने प्रयास हुनेछ’ उनले भने । कोभिडको पहिलो चरणदेखि यता विपी प्रतिष्ठानमा खटिने फ्रन्टलाइनर मध्ये उनी एक हुन् ।

उनले कोभिड महामारीमा डेस्क इन्चार्जको जिम्मेवारी सम्हालेका थिए । धरान नगरमा डेँगुको महामारी फैलिएको अवस्थामा यसको नियन्त्रण र अनुसन्धानका लागि बनेको टीममा उनको महत्वपुर्ण योगदान रहने गरेको थियो ।

चिनबाट एमविविएस गरेका डा. श्रेष्ठले कोशी अञ्चल अस्पतालबाट इन्टर्नसिप र विपी प्रतिष्ठानबाट एमडी गरेका हुन् । उनले मायक्रोबायोलोजी एण्ड इन्फेक्सियस डिजिजमा एमडी गरेका हुन् । उनले बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेशनबाट बेष्ट रिसर्चरको उपाधी प्राप्त गरिसकेकाछन् ।

उनले विभिन्न छात्रवृत्ति अन्तर्गत बेलायत, स्वीजरल्याण्ड, थाइल्याण्ड, टर्की, अस्ट्रेलिया, सिंगापुर जस्ता देशमा आफ्नो अनुसन्धान प्रस्तुत गरिसकेका छन् ।

इटहरी १९, भवानीपुर निवासी साधारण किसानका छोरा डा. श्रेष्ठ विद्यालय तहदेखि नै मेधावी विद्यार्थी थिए । उनले सयपत्री सेकन्डरी स्कुल तरहरामा माध्यामिक तह अध्ययन गरेका हुन् ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic