कांग्रेस प्रदेशसभा निर्वाचन सुनसरी क र ख मा अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानल विजयी

  • मंसिर ५, २०७८
  • १,४५१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५मंसिर ः नेपाली कांग्रेस प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सुनसरी १(१)मा अनिल श्रेष्ठ प्यानल विजयी भएको छ ।

धरान ८ सभागृहस्थित मतदान केन्द्रमा सम्पन्न मतगणना अनुसार श्रेष्ठले सभापतिमा २६८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी मदन ढकालले ९६ मत मात्र पाए ।

उपसभापतिमा श्रेष्ठ प्यानलकी झुमादेवी राईले २८१ र प्रदिप शाक्यले २३७ मत पाएर विजयी भए भने ढकाल प्यानलका उम्मेदवार कुमार मोक्तानले ९६ र मनोज सुब्बाले ९७ मत पाए ।

यसैगरि सचिवमा श्रेष्ठ प्यानलका युवराज शंकरले २८० र राजेन्द्र राईले २४४ मत पाएर विजयी भए । सचिवमा उम्मेदवार ढकाल प्यानलका राजेन्द्रकुमार राईले ९९ र सुनिल श्रेष्ठले ९१ मत मात्र पाए । यस्तै, सहसचिवमा श्रेष्ठ प्यानलका रमिता श्रेष्ठले २५६ र हरिप्रसाद ओझाले २१८ मत पाएर विजयी भए । सोही पदमा ढकाल प्यानलका विष्णुमाया गुरुंगले ११२ र कमल प्रसाद भट्टराईले १०० मत मात्र पाएका छन् ।

धरान नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १ (२) तर्फको निर्वाचनमा सभापतिमा मुरारी भट्टराईसहित पदाधिकारीमा उनको प्यानल विजयी भएको छ ।

धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा रहेको मतदान केन्द्रमा भर्खर सम्पन्न मतगणना अनुसार सभापतिमा भट्टराईले १३९ मत पाउदै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी अजय राईले १०८ मत पाएका छन् । यसैगरि, उपसभापतिमा भट्टराई प्यानलका चन्द्रबहादुर मगर अनिलले १५५ मत र डिल्लीसेर राईले १३० मत पाएर विजयी भए । उपसभापतिमा राई प्यानलका सन्देश श्रेष्ठले ९२ र अमृतबहादुर खड्काले ८२ मत पाएका छन् ।

यस्तै, सचिवमा भट्टराई प्यानलका राजेन्द्र खड्काले १४४ र विजय घिमिरेले १४३ मत पाएर विजयी भए भने राई प्यानलका उम्मेदवार संगीता राईले १२० र सुरजप्रसाद अधिकारीले ६३ मत पाएका छन् ।

यसैगरि, सहसचिवमा भटराई प्यानलका उम्मेदवार रोहित काफ्लेले १५१ र मञ्जु राईले १४४ मत पाएर विजयी भएका छन् भने राई प्यानलका श्रवण धामीले ८१ र बिक्रम राईले ८५ मत पाएका छन् ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic