नेकपा एकिकृत समाजवादीको धरानमा कार्यालय सञ्चालनमा

  • मंसिर ७, २०७८
  • ७,७७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ मंसिर ः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो संगठन विस्तार र कार्यालय संञ्चालनलाई तिव्र बनाउने क्रममा मंगलवार धरानमा सम्पर्क कार्यालय सञ्चालन गरेको छ ।

अन्य क्षेत्रमा कमिटी गठन र कार्यालय सञ्चालन भईरहदा धरानमा ढिलाई हुदा निकै चर्चा परिचर्चा हुन थालेको थियो । यसका वावजुद कार्यालय सञ्चालन भएको हो ।

धरानमा एकमात्र जनप्रतिनिधि कैलाश अग्रवाल एकिकृत समाजवादी पार्टीमा आवद्ध भएका थिए भने अन्य गतिविधि शुन्य अवस्थामा रहेको थियो ।

पार्टीका नेता कैलाश अग्रवालको अध्यक्षतामा बसेको बैठकले कार्यालय व्यवस्थापनका लागि छलफल गरी पुरानो पानस होटल भएको घरमा कार्यालय सञ्चालन ल्याएको हो ।

कार्यालय सञ्चालन पश्चात पार्टी गतिविधि तिव्र गतिमा अघि वढने अग्रवालको भनाई रहेको छ ।

कार्यालय स्थापनामा पार्टीका केन्द्रीय सदस्य तथा पार्टीकै खेलकुद बिभाग प्रमुख केशब कुमार बिष्टले पार्टीको कमिटी सञ्चालन तथा जिल्लामा इन्चार्ज तोक्ने विषयमा छलफल गरी चाँडो स्थायी कमिटीले निर्णय गर्ने बताए ।

पार्टीमा प्रदेशसभा सदस्यका साथै स्थानीय तहका सदस्य प्रवेश गर्ने क्रम जारी रहेको सुनसरी जिल्ला अध्यक्ष गोबिन्द निरौलाले जानकारी दिए ।

केन्द्रीय सदस्य तथा सुनसरी सह–इन्चार्ज जीवन राई लगायतको उपस्थिति रहेको थियो ।

पार्टी स्रोतका अनुसार धरान नगरपालिकाका केही जनप्रतिनिधिहरु पनि सम्पर्कमा आएको र छिट्टै पार्टीमा सकृय हुने वुझीएको छ ।

संगठन निर्माणलाई तिव्र रुपमा अघि वढाउदै नेकपा एकिकृत समाजवादी पार्टीलाई धरानमा शक्तिशाली र मजवुत वनाउने कार्यमा अघि वढने केन्द्रीय सदस्य तथा सुनसरी सह–इन्चार्ज सुश्मा राईले दावी गर्नुभएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic