नेकपा एकिकृत समाजवादीको धरानमा कार्यालय सञ्चालनमा

  • मंसिर ७, २०७८
  • ७,८०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ मंसिर ः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो संगठन विस्तार र कार्यालय संञ्चालनलाई तिव्र बनाउने क्रममा मंगलवार धरानमा सम्पर्क कार्यालय सञ्चालन गरेको छ ।

अन्य क्षेत्रमा कमिटी गठन र कार्यालय सञ्चालन भईरहदा धरानमा ढिलाई हुदा निकै चर्चा परिचर्चा हुन थालेको थियो । यसका वावजुद कार्यालय सञ्चालन भएको हो ।

धरानमा एकमात्र जनप्रतिनिधि कैलाश अग्रवाल एकिकृत समाजवादी पार्टीमा आवद्ध भएका थिए भने अन्य गतिविधि शुन्य अवस्थामा रहेको थियो ।

पार्टीका नेता कैलाश अग्रवालको अध्यक्षतामा बसेको बैठकले कार्यालय व्यवस्थापनका लागि छलफल गरी पुरानो पानस होटल भएको घरमा कार्यालय सञ्चालन ल्याएको हो ।

कार्यालय सञ्चालन पश्चात पार्टी गतिविधि तिव्र गतिमा अघि वढने अग्रवालको भनाई रहेको छ ।

कार्यालय स्थापनामा पार्टीका केन्द्रीय सदस्य तथा पार्टीकै खेलकुद बिभाग प्रमुख केशब कुमार बिष्टले पार्टीको कमिटी सञ्चालन तथा जिल्लामा इन्चार्ज तोक्ने विषयमा छलफल गरी चाँडो स्थायी कमिटीले निर्णय गर्ने बताए ।

पार्टीमा प्रदेशसभा सदस्यका साथै स्थानीय तहका सदस्य प्रवेश गर्ने क्रम जारी रहेको सुनसरी जिल्ला अध्यक्ष गोबिन्द निरौलाले जानकारी दिए ।

केन्द्रीय सदस्य तथा सुनसरी सह–इन्चार्ज जीवन राई लगायतको उपस्थिति रहेको थियो ।

पार्टी स्रोतका अनुसार धरान नगरपालिकाका केही जनप्रतिनिधिहरु पनि सम्पर्कमा आएको र छिट्टै पार्टीमा सकृय हुने वुझीएको छ ।

संगठन निर्माणलाई तिव्र रुपमा अघि वढाउदै नेकपा एकिकृत समाजवादी पार्टीलाई धरानमा शक्तिशाली र मजवुत वनाउने कार्यमा अघि वढने केन्द्रीय सदस्य तथा सुनसरी सह–इन्चार्ज सुश्मा राईले दावी गर्नुभएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic