पुलिस स्कुलमा १५ औँ अन्डर ८ फुटबल प्रतियोगिता सुरु

  • मंसिर ११, २०७८
  • ३,८६४ पटक पढिएको
  • छाल खबर
alt

धरान
छाल खवर
धरान,११ मंसिर ः खेलकुद क्षेत्रमा अग्रणी रहेको धरानस्थित नेपाल पुलिस स्कुलमा १५ औँ अन्डर ८ फुटबल प्रतियोगिता सुरु भएको छ ।

कक्षा ९ ले आयोजना गरेको सो प्रतियोगितामा कक्षा चारदेखि कक्षा आठसम्म अध्ययनरत इच्छुक विद्यार्थीहरु प्रतियोगितामा सहभागी भएकाछन् ।

3 final 2

स्कुलका फुटबल प्रशिक्षक सागर कार्कीका अनुसार कक्षा ९ का विद्यार्थीहरुलाई कुनै पनि कार्यक्रम तथा प्रतियोगिता सफलताका साथ आयोजना गर्न सिकाउने उदेश्यले हरेक वर्ष यो प्रतियोगिता आयोजना गरीदै आएको हो ।

प्रतियोगिताबाट स्कुल फुटबल टिमका लागि उत्कृष्ट खेलाडी छनोट गर्ने पनि बताए ।

4 final 2

विद्यार्थीहरुलाई विद्यालयस्तर देखि नै कार्यक्रम तथा प्रतियोगिता आयोजना गर्न सिकाउने उदेश्यले हरेकवर्ष यो प्रतियोगिता आयोजना हुँदै आएको विद्यालयको भनाई रहेको छ ।

2 final 2

इन्टर हाउस अन्तर्गत आयोजना गरिएको फुटबल खेलमा जम्मा चारवटा टिम हुनेछ । खेल दुई भागमा विभाजन गरिएको छ । आआफ्नो हाउस कलर अनुसार जुनियर तर्फबाट कक्षा चार , पाँच र छ का विद्यार्थीबीच खेल हुनेछ भने सिनियर तर्फबाट कक्षा सात र आठका विद्यार्थीबीच खेल हुनेछ ।

गत वर्ष भने कोरोना महामारीका कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन ।पढाईका अतिरिक्त खेलकुद क्षेत्रमा पनि नेपाल पुलिुस स्कुल अव्वल मानिदै आएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic