७१ औं मुक्ति दिवसका अवसरमा भलिवल प्रतियोगिता रामप्रसाद राईको स्मरण गर्दै भलिवल कप प्रतियोगिता

  • मंसिर १२, २०७८
  • ४,९२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ मंसिर ःरामप्रसाद राई स्मृति पार्क संरक्षण समिति बासिखोरा भोजपुरले स्थानीयस्तरबाट खेलक्षेत्रको विकास गर्न पालिका वडा स्तरीय भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

रामप्रसाद राईको ७१ औं मुक्ति दिवसको अवसरमा प्रतियोगिता आयोजना गरीन लागेको समितिले जनाएको छ ।

खुल्ला पालिका अन्र्तगतको वडा स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता साथै किरातीहरुको सेमुना सिली प्रतियोगिताको आयोजना गरीन लागेको समितिका सचिव सुमन राईले जानकारी दिएकाछन् ।

प्रतियोगितामा देशभरका स्थानीय तहका वडाहरुबाट महिला तथा पुरुष टिमहरुले प्रतियोगितामा सहभागीता जनाउन सक्ने व्यवस्था रहेको सचिव राईले वताएकाछन् ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम,द्धितिय र तृतिय हुने टिमलाई क्रमसः ५५ हजार १ सय ११रुपैया,४० हजार १ सय ११ रुपैया,२५ हजार १ सय ११ नगद रुपैया सहित ट्रफि,मेडल र प्रमाण पत्र प्रदान पुरस्कार घोषणा गरीएको छ ।

महिला तर्फ प्रथम,द्धितिय र तृतिय हुने टिमलाई क्रमस ३१ हजार १ सय ११ रुपैया,२० हजार १ सय ११ रुपैया र १२ हजार १ सय ११ नगद रुपैया सहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरीनेछ ।

सचिव सुमन राईका अनुसार प्रतियोगितामा करिव ५ लाख ५० हजार लागत लाग्ने र प्रतियोगितामा ३० टिम सहभागी हुने आयोजकको अनुमान रहेको छ ।

स्थानीय स्तरबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने,युवाहरुलाई खेलक्षेत्रप्रति प्रोत्साहन गर्नको लागि प्रतियोगिताको आयोजना गरीन लागेको सचिव राईको भनाई रहेको छ ।

मौलिक कला र संस्कृतिको संरक्षण र जर्गेना गर्दै युवा पुस्ताहरुलाई कला र संस्कृतिको आत्मसात गराउने उदेश्यले सेमुना सिली प्रतियोगिता गराउन लागेको आयोजक समितिका सल्लाहकार प्रसान्त राईको भनाई रहेको छ ।

सेमुना सिली प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समूहलाई क्रमस ११ हजार १ सय ११ रुपैया,८ हजार १ सय ११ रुपैया र ५ हजार १ सय ११ रुपैया ट्रफि मेडल प्रमाण पत्र र सवै टिमलाई झ्याम्टा प्रदान गरीनेछ ।

 

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic