७१ औं मुक्ति दिवसका अवसरमा भलिवल प्रतियोगिता रामप्रसाद राईको स्मरण गर्दै भलिवल कप प्रतियोगिता

  • मंसिर १२, २०७८
  • ४,८६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ मंसिर ःरामप्रसाद राई स्मृति पार्क संरक्षण समिति बासिखोरा भोजपुरले स्थानीयस्तरबाट खेलक्षेत्रको विकास गर्न पालिका वडा स्तरीय भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

रामप्रसाद राईको ७१ औं मुक्ति दिवसको अवसरमा प्रतियोगिता आयोजना गरीन लागेको समितिले जनाएको छ ।

खुल्ला पालिका अन्र्तगतको वडा स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता साथै किरातीहरुको सेमुना सिली प्रतियोगिताको आयोजना गरीन लागेको समितिका सचिव सुमन राईले जानकारी दिएकाछन् ।

प्रतियोगितामा देशभरका स्थानीय तहका वडाहरुबाट महिला तथा पुरुष टिमहरुले प्रतियोगितामा सहभागीता जनाउन सक्ने व्यवस्था रहेको सचिव राईले वताएकाछन् ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम,द्धितिय र तृतिय हुने टिमलाई क्रमसः ५५ हजार १ सय ११रुपैया,४० हजार १ सय ११ रुपैया,२५ हजार १ सय ११ नगद रुपैया सहित ट्रफि,मेडल र प्रमाण पत्र प्रदान पुरस्कार घोषणा गरीएको छ ।

महिला तर्फ प्रथम,द्धितिय र तृतिय हुने टिमलाई क्रमस ३१ हजार १ सय ११ रुपैया,२० हजार १ सय ११ रुपैया र १२ हजार १ सय ११ नगद रुपैया सहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरीनेछ ।

सचिव सुमन राईका अनुसार प्रतियोगितामा करिव ५ लाख ५० हजार लागत लाग्ने र प्रतियोगितामा ३० टिम सहभागी हुने आयोजकको अनुमान रहेको छ ।

स्थानीय स्तरबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने,युवाहरुलाई खेलक्षेत्रप्रति प्रोत्साहन गर्नको लागि प्रतियोगिताको आयोजना गरीन लागेको सचिव राईको भनाई रहेको छ ।

मौलिक कला र संस्कृतिको संरक्षण र जर्गेना गर्दै युवा पुस्ताहरुलाई कला र संस्कृतिको आत्मसात गराउने उदेश्यले सेमुना सिली प्रतियोगिता गराउन लागेको आयोजक समितिका सल्लाहकार प्रसान्त राईको भनाई रहेको छ ।

सेमुना सिली प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समूहलाई क्रमस ११ हजार १ सय ११ रुपैया,८ हजार १ सय ११ रुपैया र ५ हजार १ सय ११ रुपैया ट्रफि मेडल प्रमाण पत्र र सवै टिमलाई झ्याम्टा प्रदान गरीनेछ ।

 

 

 

 

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic