नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को इटहरीमा दुइदिने प्रशिक्षण

  • मंसिर २०, २०७८
  • ५,२८० पटक पढिएको
  • छाल खबर
alt

धरान, २० मंसिर ःनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी प्रदेश न १ कमिटिले इटहरीमा दुइदिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

१ नं प्रदेश कमिटीले शनिवार इटहरी स्थित चिया चौतारी रिसोर्टमा पत्रकार सम्मेलनगरी सो विषयमा जानकारी गराएको हो ।

भेलामा पार्टी सुढृढिकरण र विस्तारका लागि अगुवा सो कार्यक्रम अन्र्तगत कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम तय भएको प्रमुख ब्यबस्थापक पार्टिको केन्द्रिय सदस्य सदस्य तथा सुनसरी जिल्ला सहइन्चार्ज केशब बिष्टले जानकारी दिएकाछन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेश अध्यक्ष तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विद्रोह गर्दै वैचारिक रुपमा पार्टीका कार्यकर्ताहरुलाई भुत्ते बनाउने एमाले प्रवृतिका विरुद्ध समाजवादी पार्टीले कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न शुरु गरेको जानकारी दिएकाछन् ।

सो भेलालाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले खुल्ला रुपमा सम्वोधन तथा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको जानकारी दिएकाछन् ।

मंसिर २१ र २२ गते आयोजा हुने सम्मेलनमा प्रदेश १ का सबै जिल्ला कमिटी पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारी तथा प्रदेश कमिटीका सदस्यसहित चार सय ५० जनाले सहभागिता जनाउने केसब बिष्टले जानकारी दिएकाछन् ।

केन्द्रीय उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख प्रमेश हमालले दक्षिणपन्थी अवसरवाद तथा विसर्जनवादविरुद्धको संघर्ष विषयमा जगन्नाथ खतिवडा उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टी कार्यमा प्रचारात्मक कार्यको महत्वबारे र पार्टी सचिव तथा मुख्य मन्त्री राजेन्द्र राईले प्रदेश सरकारको अवस्था र कार्य योजनाबारे पहिलो दिन प्रशिक्षित गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी भेलाको दोस्रो दिनको कार्यक्रममा महासचिव बेदुराम भुषालले पार्टीको संगठनात्मक सिद्धान्त र आगामी कार्य योजना, सम्मानीत नेता क झलनाथ खनालले जुम प्रविधिको उपयोग गर्दै वर्तमान नेपाली क्रान्ति र समाजवादको कार्य दिशा, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले कम्युनिष्ट पार्टी सदस्यको नैतिक आचरणबारे प्रशिक्षित गर्ने कार्यक्रम रहेको छ ।

एकिकृत समाजवादीले संगठन विस्तारलाई तिव्ररुपमा अघि वढाउदै आएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic