नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को इटहरीमा दुइदिने प्रशिक्षण

  • मंसिर २०, २०७८
  • ५,२५७ पटक पढिएको
  • छाल खबर
alt

धरान, २० मंसिर ःनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी प्रदेश न १ कमिटिले इटहरीमा दुइदिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

१ नं प्रदेश कमिटीले शनिवार इटहरी स्थित चिया चौतारी रिसोर्टमा पत्रकार सम्मेलनगरी सो विषयमा जानकारी गराएको हो ।

भेलामा पार्टी सुढृढिकरण र विस्तारका लागि अगुवा सो कार्यक्रम अन्र्तगत कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम तय भएको प्रमुख ब्यबस्थापक पार्टिको केन्द्रिय सदस्य सदस्य तथा सुनसरी जिल्ला सहइन्चार्ज केशब बिष्टले जानकारी दिएकाछन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेश अध्यक्ष तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विद्रोह गर्दै वैचारिक रुपमा पार्टीका कार्यकर्ताहरुलाई भुत्ते बनाउने एमाले प्रवृतिका विरुद्ध समाजवादी पार्टीले कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न शुरु गरेको जानकारी दिएकाछन् ।

सो भेलालाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले खुल्ला रुपमा सम्वोधन तथा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको जानकारी दिएकाछन् ।

मंसिर २१ र २२ गते आयोजा हुने सम्मेलनमा प्रदेश १ का सबै जिल्ला कमिटी पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारी तथा प्रदेश कमिटीका सदस्यसहित चार सय ५० जनाले सहभागिता जनाउने केसब बिष्टले जानकारी दिएकाछन् ।

केन्द्रीय उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख प्रमेश हमालले दक्षिणपन्थी अवसरवाद तथा विसर्जनवादविरुद्धको संघर्ष विषयमा जगन्नाथ खतिवडा उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टी कार्यमा प्रचारात्मक कार्यको महत्वबारे र पार्टी सचिव तथा मुख्य मन्त्री राजेन्द्र राईले प्रदेश सरकारको अवस्था र कार्य योजनाबारे पहिलो दिन प्रशिक्षित गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी भेलाको दोस्रो दिनको कार्यक्रममा महासचिव बेदुराम भुषालले पार्टीको संगठनात्मक सिद्धान्त र आगामी कार्य योजना, सम्मानीत नेता क झलनाथ खनालले जुम प्रविधिको उपयोग गर्दै वर्तमान नेपाली क्रान्ति र समाजवादको कार्य दिशा, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले कम्युनिष्ट पार्टी सदस्यको नैतिक आचरणबारे प्रशिक्षित गर्ने कार्यक्रम रहेको छ ।

एकिकृत समाजवादीले संगठन विस्तारलाई तिव्ररुपमा अघि वढाउदै आएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic