फोकस १६ क्लबको आयोजनामा वडाध्यक्ष कफ शुरु

  • पुस २, २०७८
  • २,४५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ पुषः दोस्रो वडाध्यक्ष रनिङ् कप फुटबल प्रतियोगिता २०७८ हिजोबाट शुरु भएको छ ।

फोकस १६ क्लवको आयोजना र धरान–१६ नं वडाको सहयोगमा सञ्चालन हुदै आएको सो प्रतियोगिता हिजोबाट शुरु भएको हो ।

फोकस १६ का अध्यक्ष डिल्ली बहादुर भुजेलको सभापतित्वमा भएको सो प्रतियोगितामा १६ नं वडाका वडाध्यक्ष दिलकुमार गिरी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सुनसरि जिल्ला खेलकुद बिकास समिति अध्यक्ष घनश्याम बुढाथोकि विशिष्ट अतिथि रहेका थिए ।

सो कार्यक्रममा धरान १६ का युवा समाजसेवि हिमाल श्रेष्ठ, हिमाल कार्कि लगायत विभिन्न संघसंस्था तथा समाजसेवि हरूको उपस्थिति रहेको थियो ।

2 1

कार्यक्रममा क्लबका सदस्य लक्ष्मि याक्खाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि दिल कुमार गिरीले खेलकुदको माध्यमबाट खेलाडीको स्वास्थ रहनुका साथै फुटबलको विकास का लागि यसरि पहिलो खुड्किलोबाट नै स्तरिय आयोजना तथा लगानि गरेमा स्तरिय खेलाडी हरू उत्पादन गर्न सकिने धारणा राखेका थिए ।

उद्घाटन खेलमा जोरसखुवा क्लबद्वारा खराने क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । म्यान अफ दि म्याच धरान विजेता टिम जोरसखुवा क्लबका गोलकर्ता सरोज लकान्द्रि घोषित भएका थिए । प्रत्येक खेलको म्यान अफ दि म्याच थुलुङ् हार्डवेर धरान १६ बाट सौजन्य रहेको छ ।

यस अन्तर चोक स्तरिय दोस्रो वडाध्यक्ष रनिङ् कप फुटवल प्रतियोगिता–२०७८ मा जम्मा ११ वटा टिमको सहभागिता रहेको छ । उद्घाटन खेलको सञ्चालन फोकस क्लबका सचिव उमेश जिमि ले गरेका थिए ।

आजको पहिलो खेल सिलनिशल युथ क्लब विरूद्व भ्याट १६ भेट्रानवीच हुने आयोजकले जनाएको छ भने दोस्रो खेल प्रगति युवा क्लब विरूद्व भगवति मार्गबीच हुने छ ।

photo =4 photo =6 pphoto = 7 photo =7 photo 3 photo =5

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic