एमालेद्धारा विद्यार्थीहरुलाई स्विटर वितरण

  • पुस २, २०७८
  • ९४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ पुषः नेकपा एमाले १४ नं. वडा कमिटीले स्थानीय दन्तकाली मावि. धरान १४ का विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ ।

सो स्विटर वितरण कार्यक्रममा कक्षा पाँचसम्मका विद्यार्थीहरुलाई वितरण गरीएको हो ।

वडाकमिटीका अध्यक्ष सूर्यप्रसाद पोख्रेलको अध्यक्षतामा तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

photo 3 5

कार्यक्रममा नेकपा एमाले जिल्ला प्रचार प्रमुख रवि खनाल, धरान सहइञ्चार्ज ऋषिराज राई, नगर अध्यक्ष हर्क एभेङ, नगर सदस्य सुरेन्द्र घिमिरे,झरना सुनुवार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ९५ जना विद्यार्थीले स्विटर, दन्तकाली मा.वि.का कक्षा १०का विद्यार्थीले उपमेयर सामु कोचिङ कक्षा चलाउन र शिक्षकलाई समयमा कक्षामा पठाउन अनुरोध समेत गरेका थिए ।

सुखमा पनि एमाले दुःखमा पनि एमाले जनताको घर घरमा एमाले भन्ने नारा अन्र्तगत यो कार्यक्रम गरीएको नगर कमिटी सदस्य सुरेन्द्र घिमिरेले वताए ।

कमिटी गठन पश्चात नव गठित कमिटीले पछिल्लो समय विभिन्न गतिविधि गर्दै पार्टीलाई सकृय वनाउदै आएको छ

2 final

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic