पत्रकार माथि आक्रमण गर्नेलाई कार्वाहीको माग

  • पुस ४, २०७८
  • २,४४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ पुष ः नेपाल पत्रकार महासंघ सुनसरीले धरानमा रहेर पत्रकारीता गदै आएका दिलबहादुर राईमाथि आक्रमण गर्नेलाई पहिचान गरी कार्वाही गर्न माग गरेको छ ।

कामको शिलशिलामा पुस ३ गते राति धरान– १५ स्थित बगरकोटमा अराजक समूहले पत्रकार राई माथि आक्रमण गरी घाइते वनाएको थियो ।

नेपाल पत्रकार महासङ्घ सुनसरीको गम्भिर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा जनाएको छ ।

संचार माध्यममा कार्यरत पत्रकारलाई कुनै पनि कारणले गरिएको यस्तो घृणीत कार्यप्रति नेपाल पत्रकार महासङ्घ सुनसरी खेद प्रकट गर्दछ सचिव धु्रव ढकालद्धारा आइतवार जारी विज्ञप्तिमा भनिएको छ ।

पत्रकार दिलबहादुर राईको जिउ ज्यानको सुरक्षाको व्यवस्था गर्न जिल्ला प्रशासन समक्ष माग समेत महासंघले गरेको छ ।

पत्रकार राईलाई हातपात गर्ने व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न जिल्ला प्रशासन सहित जिल्ला प्रहरी कार्यालय समक्ष माग जोडदार माग गरीएको छ ।

घाइते राईको टाउकोमा १४ भन्दा वढी टाका लागेको छ ।

त्यसैगरी प्रेस सेन्टर नेपाल सुनसरीले पनि छुट्टै विज्ञप्ति जारी घटनाको निन्दा गरेको छ ।

सेन्टरका सुनसरी अध्यक्ष तीर्थ कार्कीद्धारा जारी विज्ञप्तिमा घाइतेको तत्काल उपचारको व्यवस्था गर्न र घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरीएको छ ।

सोही समाजवादी प्रेस संगठनका सुनसरी अध्यक्ष प्रेम वास्तोलाले पनि घटनाको निन्दा गर्दै दोषिलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरेकाछन् ।उनले घाइतेको स्वास्थ्य लााभको कामना गरेकाछन् ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic