कृषि बजारमा पर्शुराम दोस्रो पटक निर्वाचित

  • पुस ११, २०७८
  • २,९६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ पुष ः कृषि उपज बजार व्यवस्थापन समिति धरान–१३ को अध्यक्षमा पुनः पर्शुराम कटुवाल निर्वाचित भएका छन् ।

शनिबार कृषि उपज बजारस्थलको सभा हलमा सम्पन्न निर्वाचनमा तीन वर्षे कार्यकालका लागि अध्यक्षमा कटुवालसहित ५ जना सदस्यहरू निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचित कार्यसमितिको सदस्यहरुमा व्यापारी प्रतिनिधिका तर्फबाट भक्तिकुमार राई (विनोद), रमेशकुमार शाह, कृषक समूहबाट झुमादेवी राई, राजेश मेहेता, पदम लिम्बू निर्वाचित भएका छन् । यस्तै, वडाध्यक्ष सदस्य रहने प्रावधान अनुसार १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्ले सदस्य रहनेछन् ।

विकासको फड्को मार्दै आएको कृषि बजारले कटुवालको नेतृत्वमा नेपाल कै उत्कृष्ट कृषि बजारको उपाधि लगातार नेपाल सरकारबाट हात पार्दै आएको छ ।यस वर्ष पनि उत्कष्ट बजारको पुरस्कार हात पारेको थियो ।

आगामी दिनमा यस वजारलाई अन्र्तराष्ट्रिय बजार मै उत्कृष्ट वनाउने आफ्नो योजना रहेको अध्यक्ष कटुवालको भनाई रहेको छ ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic