गायन प्रतिभा खोज्दै लाइभ टिभि

  • पुस १२, २०७८
  • १,७७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ पुष ःआवाज प्रदेश १ को खोजी प्रतिभाको भन्ने मुल उदेश्यका साथ प्रदेश १ स्तरीय गायन प्रतियोगीता हुने भएको छ ।

लाइभ टिभि नेटवर्क प्रा.लि.धरानको आयोजनमा पुष १५ गते देखि प्रदेश १ को १४ जिल्लाको विभिन्ना ठाँउमा अडिसन हुन् लागेको हो ।

सो प्रतियोगिताको अडिसन धरान १ स्थित उद्योग बाणिज्य सघको सभाहलबाट शुरु गर्न लागेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन प्रदेश १ का माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राइले विेशेष कार्यक्रमका साथ गर्ने कार्यक्रम संयोजक खेम दाहालले जानकारी दिएकाछन् ।

आयोजकले दिएको जानकारी अनुसार अडिसन पुस १५ गते धरान,पुस २१ गते इटहरी ,पुस २४ गते इनरुवा,पुस २८ गते बेलबारी मोरङ्ग माघ २ गते,उर्लावारी मोरङ्ग,माघ ६ गते विराटनगर मोरङ्गमा अडिसन आयोजना हुनेछ ।

त्यसैगरी माघ ९ गते दमक झापा, माघ १३ गते विर्तामोड,झापा,माघ १९ गते भद्रपुर,झापा,माघ २५ र २६गते धनकुटा,माघ २९ र फागुन १ गते सखुवासभाको चैनपुर र खादबारीमा हुने तालिका तय भएको छ ।

त्यस्तै फागुन ३ र ४गते तेह्रथुम,फागुन ७र ८ गते खोटाङ,फागुन ११र १२ गते भोजपुर,फागुन १५र १६ गते उदयपुर,फागुन १८र १९ गते ओखलढुंगा, फागुन २२र २३ गते इलाम, फागुन २६र २७ गते पाचथर,फागुन २९ र ३० गते ताप्लेजुङ्ग चैत्र ४र ५ गते सोलुखुम्बुमा अडिसन हुनेछ ।

जिल्लाबाट छनौट भएर आएकाहरुबाट धरानमा फाइनल अडिशन हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले यमाहा बाइक १५० सि.सि.,१ लाख नगद , र १५ लाखको १ वर्षको बिमा पोलिसी हात पार्ने कार्यक्रमका प्रवन्ध निर्देशक गोविन्द विश्वकर्माले जानकारी दिएकाछन् ।

त्यसैगरी उपविजेताले ७५ हजार नगद , ल्यापटप गिफ्ट , १०लाखको १ वर्षको बिमा पोलिसी हात पार्नेछन् । त्यसैगरी तेस्रो हुनेले ५० हजार नगद , मोबाइल गिफ्ट , ५ लाखको १ वर्षको बिमा पोलिसी प्राप्त गर्नेछन् ।

टप १० मा पुग्ने ७ जना प्रतियोगीलाई मोबाइल गिफ्ट प्रदान गरिने जानकारी आयोजकले जनाएको छ ।

प्रतियोगिताबाट संगीत क्षेत्रमा लाग्ने संगीतप्रेमीहरुलाई प्रोत्साहन गर्नुको साथै कलाकार उत्पादन गर्न टेवा पु¥याउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको निर्देशक विश्वकर्माको भनाई रहेको छ ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic