पुष १६ देखि १८ गतेसम्म भेडेटार फुड फेस्टिवल

  • पुस १२, २०७८
  • २,६७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ पुष ः पूर्वको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको भेडेटारमा तीन दिने फुट फेस्टिवल आयोजना गरीने भएको छ ।

आयोजक भेडेटार होटल एशोसिएशनले सोमवार पत्रकार सम्मेलन आयोजना गरी सो वारेमा जानकारी दिएको हो ।

आयोजकले दिएको जानकारी अनुसार पुष १६ गतेदेखि १८ गतेसम्म ९ औं फुड फेस्टिवल आयोजना गरीने छ ।

हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर त्याहा आउने पर्यटकहरुलाई लक्षित गरेर फेस्टिवल आयोजना गरीदै आएको छ ।

छिमेकी मुलुक भारतका पर्यटकहरुलाई लक्षित गरेर हुदै आएको फुड फेस्टिवल गत वर्षमा भने कोरोना महामारीको कारण हुन सकेको थिएन ।

कोरोना महामारीका कारण केही समय घरमा नै केन्द्रीत रहेका पर्यटकहरु अव भने खुलेर घुमफिर गर्ने भएकोले आन्तरीक तथा वाह्य पर्यटकहरुको संख्या बढ्ने अनुमान गरीएको आयोजक समितिका अध्यक्ष जितेन्द्र रुम्दालीको भनाई रहेको छ ।

269846640_1268877893592958_4115553585015303091_n

तीन दिन सम्म चल्ने सो फेस्टीभलमा १ करोड बराबरको कारोबार हुने अपेक्षा गरीएको एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीको भनाई रहेको छ ।

सो अवसरमा आन्तरीक तथा वाह्य गरी करिव २० देखि ३० हजार पर्यटकहरु आउने अनुमान आयोजकको रहेको छ ।

268943737_444486917351520_7239058207643834606_n(1)

के छ फेस्टिवलको विशेषता ?

एसोसिएसनका सचिव तुमराज लिम्बूका अनुसार भेडेटार क्षेत्रमा पाइने जातीय खानेकुरा, अर्गानिक खानेकुराको प्रर्वद्धन गरीनुका साथै स्थानीय कृषि, घरेलु उत्पादनको प्रर्वद्धन हुने छ यसका अतिरिक्त साँझ साँस्कृतिक कार्यक्रममा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा पनि पर्यटकहरु रमाउन पाउने छन् ।

के के छन् छुटमा ?

भेडेटारका होटल तथा लजहरुले पाहुना पर्यटकहरुलाई जिपलाइन र प्याराग्लाइडिङमा रमाउन चाहने पर्यटकहरुले पनि शुल्कमा छुट पाउने छन् । भेडेटारका होटल र लजहरुले १० प्रतिशत छुट हुनेछ ।

हेलिकप्टरमा फन फ्लाइट गर्दा ५ हजार मात्र शुल्क लाग्ने, देवीथान जिपलाइनमा ३ वटै क्याटोगोरीमा १५ प्रतिशत छुट पाइनेछ भने प्याराग्लाइडिङमा पनि फेस्टिवल अवधिभर पर्यटकहरुले ३० प्रतिशतसम्म छुट पाउने सहमति भएको अध्यक्ष रुम्दालीले जानकारी दिए ।

छिनछिनमा मौसम परिवर्तन हुने र शान्त र रमणीय पर्यटकीय स्थलको रुपमा परिचित रहेको छ । भेडेटार सुनसरी र धरानको सीमानामा अवस्थित रहेको छ ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic