एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता

  • पुस १३, २०७८
  • ३,२८६ पटक पढिएको
  • छाल खबर

छाल खवर
काठमाडौं ,१३ पुष ः वामपन्थिहरुवीचमा एकताको वहस भईरहेको वेला नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी जनवादीबीच पार्टी एकता भएको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलवार एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा भएको एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा विजयकुमार पौडेलले जानकारी दिएकाछन् ।

एकता घोषणा कार्यक्रमलाई एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा जनवादीका महासचिव देवन्द्रसिंह महता (डिएस महता) लगायतका नेताहरुले सम्बोधन गरेकाछन् ।

पछिल्लो समय देशव्यापी संगठन विस्तारलाई तीव्र बनाएको एकीकृत समाजवादीले पार्टी एकता अभियानलाई समेत उच्च प्राथमिकतामा राखेको छ ।

नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीबाट अलग भई २०७७ मा भूमिगत रुपमा संगठित भएको थियो ।

सरकारसँग शान्ति वार्ता सम्झौता भएसँगै मूलधारको राजनीतिमा प्रवेश गरेको नेकपा जनवादी मंगलवार एकीकृत समाजवादीमा विलय हुने भएको हो ।

पार्टी एकता घोषणा समारोहमा महासचिव महतासहित जानुका श्रेष्ठ, हिमालचन्द्र खरेल, साधुराम चौंलागाई, श्यामबहादुर बूढा, छत्र लाखे, विनोद थापा, मिना गिरी लगायतका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।विचार र सिद्धान्त मिल्ने विभिन्न साना वामपन्थि पार्टीहरुसँग पनि पार्टी एकताका लागि छलफल भईरहेको पौडेलले जानकारी दिएकाछन् ।

 

 

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic