चिरञ्जीवि सहकारीको १ अर्ब ४४ करोड भन्दा बढि कारोवार २ करोड शेयर पु¥याउने लक्ष्य

  • पुस २०, २०७८
  • ३,९१३ पटक पढिएको
  • छाल खबर
alt

 छाल खवर
धरान,२० पुष ःधरान–१३ स्थित चिरञ्जीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷०७८ मा १ अर्व ४४ करोड भन्दा माथि कारोवार गरेको छ ।

संस्थाले सोमवार आयोजना गरेको १० औँ वार्षिक साधारणसभा पेस गरेको आर्थिक प्रतिवेदनमा सो कुराको जानकारी दिइएको हो ।

3 1

धरान–८ स्थित लाङ्घाली सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा भएको साधारण सभामा संस्थाका अध्यक्ष खेम बहादुर माझिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सो कुरा उल्लेख गरीएको थियो ।

अध्यक्ष माझिले आर्थिक वर्ष २०७७÷७८ मा संस्थाले १ अर्ब ४४ करोड ७३ लाख १४ हजार १ सय ३० रुपैयाँको कुल कारोबार गरेको जानकारी दिएका छन् ।

उनका अनुसार कुल शेयर पुँजी ७८ लाख ३ हजार ६ सय रूपैयाँ रहेको सहकारीले ६ करोड ७१ हजार ९ सय ५७ रुपैयाँ जम्मा ऋण लगानी गरेको छ ।

8

सहकारीमा हाल २८ जनाबाट शुरु भएको सो सहकारीमा हाल १ हजार ७ सय ४६ जना शेयर सदस्य रहेको र २४ जना कर्मचारी कार्यरहेको संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख गरीएको छ ।

कार्यक्रममा प्रमुख अतिथि धरान उपमहनगरपालिका सहकारी विकास समितिका संयोजक नरेशकुमार इवारमले सहकारीले धेरैलाई स्वरोजगार वनाउनुका साथै प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार दिनुको साथै वैदेशिक रोजगारीमा जानबाट केही मात्रामा भएपनि रोकथाम गर्न सफल वनेको दावी गरेका थिए ।

उनले सहकारीले साना वचत तथा व्यवसायीहरुको भरोसाकाको केन्द्रविन्दु वनेको उल्लेख गर्दै अझै सहकारीलाई परिष्कृत गर्दै लैजानुपर्ने उल्लेख गरको थिए ।

१३ नं वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले सहकारीले साना व्यवसायीहरुलाई सहयोग र भरोसा गरेपनि कतिपय सहकारीले गर्र्दा राम्रो काम गर्ने सहकारीहरुको समेत वदनाम हुने गरेकोले त्यस्ता विकृतीहरु सामूहिक रुपमा मिलेर अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।

9

त्यसैगरी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले संस्थाको थप सफलताको शुभकामना दिदै महासंघसंग सामाजिक कार्यमा सहकार्य गर्न आवस्यक परे तयार रहेको वताएका थिए ।

कार्यक्रममा संस्थामा उत्कृष्ट कारोवार गर्ने, वचतकर्ता, असल ऋणि,उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी लगायतलाई सम्मान गरीएको थियो ।

संस्थाका अध्यक्ष खेम बहादुर माझिको अध्यक्षतामा सुरु भएको थियो ।

 

 38y9911 final181922930372827yy1535232120133410321412 f17

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic