१९औ अन्नपुर्ण साझमा सविन राईको प्रस्तुती

  • पुस २०, २०७८
  • २०० पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२० पुष ःडिजाइर्नस व्रान्डको आयोजना तथा अन्नपुर्ण युवा परिवारको संयोजनमा च्यरिटेवल १९ औ अन्नपुर्ण साझ आयोजना हुने भएको छ ।

पौष २७ गते आयोजना हुन लागेको सो साझमा नेपालको चर्चित गायक सविन राई एण्ड द फराओ र पहेलो वतिm मुनि व्याण्डको प्रस्तुति रहने आयोजकले सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराएकाछन् ।

स्थानिय युवाहरुलाई सामाजिक कार्यमा सहभागि गराउने उद्धेश्यले लामो समय देखि सो साझ आयोजना हुदै आएको छ ।

१९ औ अन्नपुर्ण साझको विषयमा जानकारी गराउन सोमवार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
संयोजनको रुपमा रहेको अन्नपुर्ण युवा परिवारले १९ औ अन्नपुर्ण साझलाई एक दिने उत्सवको रुपमा मनाउन लागेको पत्रकार सम्मेलनमा जानकारी गराए ।

विगतमा सांगितिक कार्यक्रम मात्र गर्दै आइरहेको साझ यस पटक भने दिनको १२ वजे देखि नै उत्सवको रुपमा आयोजना गर्न लागेको कार्यक्रमका संयोजक गौतम खालिङ्गले वताए । ।

धरान १६ स्थित अन्नपुर्ण लाइनमा रहेको विजुलि अफिसको पुर्व पट्टिको खालि जग्गामा विभिन्न खानाको परिकार सहितको भव्य स्टल र स्टेज तयार हुनेछ । कार्यक्रम स्थाल वरिपरि पुरै सजाइनेछ ।

स्टेजमा दिउसो देखि नै सांगितिक कार्यक्रम प्रस्तुत हुनेछ । राति ९ वजे सम्म सागितिक कार्यक्रम हुने र त्यसपछि रमाइलोको लागि हाउजि खेलाइने आयोजनकले जनाए ।

सविन राई र सिव लामिछाने जस्ता नेपालकै चर्चित कलाकारहरु पहिले यहि अन्नपुर्ण साझमा प्रस्तुति दिन्थे । यो साझ स्थानीय कलाकारहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने तथा देखाउने प्लेटफर्म रहेको संयोजक खालिङ्गले वताए ।

कार्यक्रम वाट उठेको रकमले सामाजिक कार्य गर्दै आइरहेको आयोजकले यस पटक पनि उठेको रकमले धरान छाताचौक स्थित पुनस्थापना केन्द्र्र र धरान १६ न वडाका विपन्न परिवारलाई खाद्यन्न र धरानका एचआइभि संक्रमित तथा प्रभावित वालवालिकाहरुलाई जाडोको लुगा वितरण गर्नेछ ।

यस्ता कार्यक्रमको आयोजनाले युवाहरु खराव संगत वा कुलतमा फस्न वाट जोगिने आयोजक वताउछन ।अनुमानित वजेट १४ लाख ५० हजार रुपैया रहेको कार्यक्रमको मु्ख्य प्रायोजक सिवानि एयरलाइन्स रहेको छ । कार्यक्रम अघि पौष २५ गते अन्नपुर्ण चौकमा आयोजकले व्लड डोनेसन कार्यको आयोजना गर्नेछ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic