१९औ अन्नपुर्ण साझमा सविन राईको प्रस्तुती

  • पुस २०, २०७८
  • १३२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२० पुष ःडिजाइर्नस व्रान्डको आयोजना तथा अन्नपुर्ण युवा परिवारको संयोजनमा च्यरिटेवल १९ औ अन्नपुर्ण साझ आयोजना हुने भएको छ ।

पौष २७ गते आयोजना हुन लागेको सो साझमा नेपालको चर्चित गायक सविन राई एण्ड द फराओ र पहेलो वतिm मुनि व्याण्डको प्रस्तुति रहने आयोजकले सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराएकाछन् ।

स्थानिय युवाहरुलाई सामाजिक कार्यमा सहभागि गराउने उद्धेश्यले लामो समय देखि सो साझ आयोजना हुदै आएको छ ।

१९ औ अन्नपुर्ण साझको विषयमा जानकारी गराउन सोमवार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
संयोजनको रुपमा रहेको अन्नपुर्ण युवा परिवारले १९ औ अन्नपुर्ण साझलाई एक दिने उत्सवको रुपमा मनाउन लागेको पत्रकार सम्मेलनमा जानकारी गराए ।

विगतमा सांगितिक कार्यक्रम मात्र गर्दै आइरहेको साझ यस पटक भने दिनको १२ वजे देखि नै उत्सवको रुपमा आयोजना गर्न लागेको कार्यक्रमका संयोजक गौतम खालिङ्गले वताए । ।

धरान १६ स्थित अन्नपुर्ण लाइनमा रहेको विजुलि अफिसको पुर्व पट्टिको खालि जग्गामा विभिन्न खानाको परिकार सहितको भव्य स्टल र स्टेज तयार हुनेछ । कार्यक्रम स्थाल वरिपरि पुरै सजाइनेछ ।

स्टेजमा दिउसो देखि नै सांगितिक कार्यक्रम प्रस्तुत हुनेछ । राति ९ वजे सम्म सागितिक कार्यक्रम हुने र त्यसपछि रमाइलोको लागि हाउजि खेलाइने आयोजनकले जनाए ।

सविन राई र सिव लामिछाने जस्ता नेपालकै चर्चित कलाकारहरु पहिले यहि अन्नपुर्ण साझमा प्रस्तुति दिन्थे । यो साझ स्थानीय कलाकारहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने तथा देखाउने प्लेटफर्म रहेको संयोजक खालिङ्गले वताए ।

कार्यक्रम वाट उठेको रकमले सामाजिक कार्य गर्दै आइरहेको आयोजकले यस पटक पनि उठेको रकमले धरान छाताचौक स्थित पुनस्थापना केन्द्र्र र धरान १६ न वडाका विपन्न परिवारलाई खाद्यन्न र धरानका एचआइभि संक्रमित तथा प्रभावित वालवालिकाहरुलाई जाडोको लुगा वितरण गर्नेछ ।

यस्ता कार्यक्रमको आयोजनाले युवाहरु खराव संगत वा कुलतमा फस्न वाट जोगिने आयोजक वताउछन ।अनुमानित वजेट १४ लाख ५० हजार रुपैया रहेको कार्यक्रमको मु्ख्य प्रायोजक सिवानि एयरलाइन्स रहेको छ । कार्यक्रम अघि पौष २५ गते अन्नपुर्ण चौकमा आयोजकले व्लड डोनेसन कार्यको आयोजना गर्नेछ ।

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्

छाल खवर धरान,९ भाद्रः धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्ला कै उत्क ...

सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

छाल खवर धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic