किरातीहरुको नया वर्षको अवसरमा महिला वास्केटवल

  • पुस २३, २०७८
  • ३,३२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ पुष ःकिरातिहरुको नया वर्ष यलम्वर संवत ५०८२ (यलेदोङ)को अवसरमा अन्तर प्लस टु लेवल महिला थ्री वाइ थ्री बास्केटवल प्रतियोगिता आयोजना हुने भएको छ ।

किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिवार (भोली) धरान १९ स्थित हरियालि बास्केटवल कोर्टमा एक दिने बास्केटवल प्रतियोगिता आयोजना हुने भएको हो ।

प्रतितियोगितामा धरानका दश टिमले सहभागिता जनाएकाछन् । सहभागि विद्यालयहरुमा सुनाखरी,डिपोट,विष्णु मेमोरियल ए र वि, धरान आर्दश ए र वि, सिओन,होलिल्याण्ड स्कुल,हिमालयन मेघा ए र वि रहेको आयोजकले जनाएको छ ।

विजेता खेलाडिहरुले ५ हजार रुपैया, उपविजेताले ३ हजार रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन । उत्कृष्ट खेलाडी विजेताले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

किरातीहरुले माघ १ लाई यलम्वर संवतको रुपमा नयाँ वर्ष मान्दै आइरहेको छ ।

विगतका वर्षमा एकदिनको कार्यक्रम गरेर मनाउदै आइरहेको किराया सुनसरीले यस पटक भने भव्य रुपमा नया वर्ष मनाउन किराति समुदायलाई आह्वान गर्दै सात दिने कार्यक्रम आयोजना गरिरहेको छ ।

सात दिने कार्यक्रम अन्र्तगत पत्रकार सम्मेलन र नेपाल पत्रकार महासंघ, सुनसरी टिम संंग मैत्रिपुर्ण खेल खेलिसकेका छन ।

शनिवार एक दिने वास्केटवल संगै किरातिहरुको घरघरमा यायोक्खाको झण्डा फहराउने, किरात नया वर्षको सुभकामाना सन्देश संगै ८२ वटा वेलुन किरातिहरुको एतिहासिक स्थल विजयपुर डाडावाट उडाउने, किरातीहरुको घरमा दिपावालि गर्ने र पौष ३० गतेको दिन धरानको भानुचौकमा स्टल सहितको भव्य स्टेज निर्माण गरिने छ ।

स्टलमा विभिन्न जातिको परिकार पाइनेछ । ११ वजे देखि साकेला नाच हुने, कार्यक्रममा किरात प्रदेश किन ? भन्ने विषयमा मदन पुरस्कार विजेता साहित्यकार राज मुकारुङद्धारा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

त्यसैगरी साझ नेपालकी चर्चित कलाकार मेलिना राई, हास्य कलाकार विल्सन विक्रम राई तक्मे वुढा र स्थानिय कलाकारहरुको प्रस्तुतिमा रमाउदै किरातिहरुको नया वर्ष यलम्वर संवत ५०८२को स्वागत गर्ने कार्यक्रम रहेको छ ।

किराति संस्कृति पर्वद्धन संगै १ नं. प्रदेश, किरात प्रदेश अभियानलाई जोडेर यायोक्खाले नया वर्ष भव्य रुपमा मनाउन लागेका हुन ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic