किरातीहरुको नया वर्षको अवसरमा थ्री वाइ थ्री महिला वास्केटवल संपन्न

  • पुस २४, २०७८
  • ५,६४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ पुष ःकिरातीहरुको नया वर्षको अवसरमा आयोजित थ्री वाइ थ्री अन्तर प्लस टु महिला बास्केटवल प्रतियोगिता संपन्न भएको छ ।

किरात राई यायोक्खा, सुनसरीको आयोजनामा शनिवार आयोजित एक दिने थ्री वाइ थ्री प्रतियोगिताको उपाधि धरान आर्दश कलेज ए टिमले उचालेकी छन ।

2 final 2

उपाधिका लागि आर्दशले विष्णु मेमोरियल ए टिमलाई ८ – ५ अंकको अन्तरले पराजित गरका थिए ।उपाधि विजेता टिमले नगद ५ हजार रुपैया र उपविजेता टिमले नगद ३ हजार रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन ।

त्यस्तै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडि विष्णु मेमोरियल ए टिमकि निवा चेम्जोङ घोषित भइन ।

उनले नगद एक हजार र प्रमाणपत्र प्राप्त गरिन । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बास्केटवल संघका उपाध्यक्ष सुरजकुमार लामा, यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष सुमित्रा राई र सचिव नविन राईले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा धरान आर्दश एले धरान आर्दश विटिमलाई र विष्णु मेमोरियलले होलिल्याण्ड स्कुललाई सेमिफाइनल खेलमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन ।

 3 1

प्रतियोगिताको सम्पुर्ण खेल धरान १९ स्थित हरियाली सामुदायीक वनको बास्केटवल कोर्टमा संपन्न भएको थियो
माघ १ लाई किरातिहरुको नया वर्ष यलम्वर संवत ५०८२ (यलेदोङ) मान्दै आइरहेको किराया सुनसरीले नया वर्षलाई भव्य रुपमा मनाउने अभियान सहित प्रतियोगिता आयोजना गरेका हुन ।

विगतका वर्षमा एकदिनको कार्यक्रम गरेर मनाउदै आइरहेको किराया सुनसरीले यस पटक भने भव्य रुपमा नया वर्ष मनाउन किराति समुदायलाई आह्वान गर्दै सात दिने कार्यक्रम आयोजना गरिरहेको छ ।

सात दिने कार्यक्रम अन्र्तगत कार्यक्रम प्रचारका लागि पत्रकार सम्मेलन, नेपाल पत्रकार महासंघ, सुनसरी टिम संंग मैत्रिपुर्ण खेल र आज शनिवार एक दिने वास्केटवल प्रतियोगिता संपन्न भएको छ ।

यस संगै किरातिहरुको घरघरमा यायोक्खाको झण्डा फहराउने, किरात नया वर्षको सुभकामाना सन्देश संगै ८२ वटा वेलुन किरातिहरुको एतिहासिक स्थल विजयपुर डाडा वाट उडाउने, किरातीहरुको घरमा दिपावालि गर्ने र पौष ३० गतेको दिन धरानको भानु चौकमा विभिन्न जातिको परिकार सहितको स्टल सहितको भव्य स्टेज निर्माण गरिने छ ।

कार्यक्रममा किरात प्रदेश किन ? भन्ने विषयमा मदन पुरस्कार विजेता साहित्यकार राज मुकारुङद्धारा कार्यपत्र प्रस्तुत गर्ने र साझ नेपालकी चर्चित कलाकार मेलिना राई, हास्य कलाकार विल्सन विक्रम तक्मे वुढा र स्थानिय कलाकारहरुको प्रस्तुतिमा रमाउदै किरातिहरुको नया वर्ष यलम्वर संवत ५०८२को स्वागत गर्ने कार्यक्रम रहेको छ ।

किराति संस्कृति पर्वद्धनसंगै १ न. प्रदेश, किरात प्रदेश अभियानलाई जोडेर यायोक्खाले नया वर्ष भव्य रुपमा मनाउन लागेका हुन ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic