किरातीहरुको नया वर्षको अवसरमा थ्री वाइ थ्री महिला वास्केटवल संपन्न

  • पुस २४, २०७८
  • ५,६९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ पुष ःकिरातीहरुको नया वर्षको अवसरमा आयोजित थ्री वाइ थ्री अन्तर प्लस टु महिला बास्केटवल प्रतियोगिता संपन्न भएको छ ।

किरात राई यायोक्खा, सुनसरीको आयोजनामा शनिवार आयोजित एक दिने थ्री वाइ थ्री प्रतियोगिताको उपाधि धरान आर्दश कलेज ए टिमले उचालेकी छन ।

2 final 2

उपाधिका लागि आर्दशले विष्णु मेमोरियल ए टिमलाई ८ – ५ अंकको अन्तरले पराजित गरका थिए ।उपाधि विजेता टिमले नगद ५ हजार रुपैया र उपविजेता टिमले नगद ३ हजार रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन ।

त्यस्तै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडि विष्णु मेमोरियल ए टिमकि निवा चेम्जोङ घोषित भइन ।

उनले नगद एक हजार र प्रमाणपत्र प्राप्त गरिन । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बास्केटवल संघका उपाध्यक्ष सुरजकुमार लामा, यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष सुमित्रा राई र सचिव नविन राईले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा धरान आर्दश एले धरान आर्दश विटिमलाई र विष्णु मेमोरियलले होलिल्याण्ड स्कुललाई सेमिफाइनल खेलमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन ।

 3 1

प्रतियोगिताको सम्पुर्ण खेल धरान १९ स्थित हरियाली सामुदायीक वनको बास्केटवल कोर्टमा संपन्न भएको थियो
माघ १ लाई किरातिहरुको नया वर्ष यलम्वर संवत ५०८२ (यलेदोङ) मान्दै आइरहेको किराया सुनसरीले नया वर्षलाई भव्य रुपमा मनाउने अभियान सहित प्रतियोगिता आयोजना गरेका हुन ।

विगतका वर्षमा एकदिनको कार्यक्रम गरेर मनाउदै आइरहेको किराया सुनसरीले यस पटक भने भव्य रुपमा नया वर्ष मनाउन किराति समुदायलाई आह्वान गर्दै सात दिने कार्यक्रम आयोजना गरिरहेको छ ।

सात दिने कार्यक्रम अन्र्तगत कार्यक्रम प्रचारका लागि पत्रकार सम्मेलन, नेपाल पत्रकार महासंघ, सुनसरी टिम संंग मैत्रिपुर्ण खेल र आज शनिवार एक दिने वास्केटवल प्रतियोगिता संपन्न भएको छ ।

यस संगै किरातिहरुको घरघरमा यायोक्खाको झण्डा फहराउने, किरात नया वर्षको सुभकामाना सन्देश संगै ८२ वटा वेलुन किरातिहरुको एतिहासिक स्थल विजयपुर डाडा वाट उडाउने, किरातीहरुको घरमा दिपावालि गर्ने र पौष ३० गतेको दिन धरानको भानु चौकमा विभिन्न जातिको परिकार सहितको स्टल सहितको भव्य स्टेज निर्माण गरिने छ ।

कार्यक्रममा किरात प्रदेश किन ? भन्ने विषयमा मदन पुरस्कार विजेता साहित्यकार राज मुकारुङद्धारा कार्यपत्र प्रस्तुत गर्ने र साझ नेपालकी चर्चित कलाकार मेलिना राई, हास्य कलाकार विल्सन विक्रम तक्मे वुढा र स्थानिय कलाकारहरुको प्रस्तुतिमा रमाउदै किरातिहरुको नया वर्ष यलम्वर संवत ५०८२को स्वागत गर्ने कार्यक्रम रहेको छ ।

किराति संस्कृति पर्वद्धनसंगै १ न. प्रदेश, किरात प्रदेश अभियानलाई जोडेर यायोक्खाले नया वर्ष भव्य रुपमा मनाउन लागेका हुन ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic