इटहरी पूर्व नगर सचिव दंगाल जिल्ला सदस्य उम्मेदवार

  • पुस २६, २०७८
  • २,०८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ पुष ःआफ्नो व्यक्तिगत काम भन्दा पार्टी हित नै र पार्टी काम नै सर्वोपरी ठानेर राजनीतिमा सकृय युवा नेता काशीनाथ दंगालले नेकपा एमाले जिल्ला कमिटी सुनसरीको सदस्य पदमा उमेद्वारी दिएकाछन् ।

नेकपा एमाले इटहरी पूर्व नगर सचिव समेत रही नेता कार्यकर्ताको विश्वास जित्न सफल बनेका दंगालले एमालेको सुनसरी जिल्ला कमिटि सदस्यको उम्मेदवारी दिएका हुन् ।

भोली पुष २७ गते हुने निर्वाचनमा उनले सदस्यमा उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

दंगालको राजनीतिक यात्रा शुरुवात

दंगाल २०५१ सालमा अखिलको प्राकको अध्यक्ष, २०५१ मा सुकुना क्याम्पसको स्ववियू सदस्य, खोटाङको बतासे गाउ कमिटीको सचिव, इलाका कमिटि सचिव हुँदै क्षेत्रिय कमिटि सचिव समेत रही पार्टी संगठनको अनुभव समेत हासिल गरीसकेकाछन् ।

दंगालको पारीवारीक पृष्ठभूमि

उनी सहिद परिवारका सदस्य हुन् । उनका दाजु रामप्रसाद दंगाल खोटाङका निर्विरोध एमाले अध्यक्ष तथा प्रदेश कमिटी सदस्यछन् भने भार्इ इन्द्र दंगाल एमालेको जिल्ला तथा प्रदेशको जिम्मेवार तहमा छन् ।

सामाजिक क्षेत्रमा दंगालको सकृयता

दंगाल हाल इटहरीस्थित जनता माविको सञ्चालक समितिका अध्यक्ष हुन् । उनले जनता माविको नेतृत्व सम्हाले यता उक्त स्कुलले चौतर्फी प्रगति गरेको छ ।

सरकारी विद्यालयमा पढाउन हिचकिचाउने अभिभावकहरुका लागि दंगाल अध्यक्ष भएपछि स्कुलमा अभिभावक तथा विद्यार्थीहरुको आकर्षण एक्कासी बढेको छ भने भौतिक पूर्वाधार तर्फ पनि उल्लेख्य प्रगति गरेको छ ।

व्यवस्थापकिय कुशलता भएका दंगालले कार्यकर्ताहरुले आफूलाई विश्वास गरेर विजयी गराएको खण्डमा आफूले हासिल गरेको अनुभव सीप योग्यता क्षमतालाई पार्टीको सर्वोपरी हितमा लगाउनुका साथै पार्टीको बिस्तार तथा विकाशका लागि सक्दो योगदान दिने प्रतिबद्धता समेत जनाएकाछन् ।

शैक्षिक रुपमा दंगाल

खोटाङको विकट गाउमा जन्मिएर संघर्ष गर्दै आएका दंगालले राजनितिक शास्त्र र नेपाली विषयमा स्नातकोत्तर गरेका छन् ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic