दलित मुक्ति संगठनको धरान उपमहानगर भेला सम्पन्न घमान सिंह विश्वकर्माको अध्यक्षतामा १०१ सदस्यीय समिति गठन

  • पुस २६, २०७८
  • ३,५६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ पुष ःनेकपा (एकीकृत समाजवादी)को भातृ संगठन नेपाल दलित मुक्ति संगठनको प्रथम धरान उपमहानगर भेला पुष २६ गते धरान पार्टी सम्पर्क कार्यालयमा सम्पन्न भएको छ ।

भेलाले घमानसिंह विश्वकर्मा अध्यक्षमा चयन गरेको छ ।

ffffff

तदर्थ समितिको पहिलो अध्यक्षको रुपमा घमानसिङ विश्वकर्मालाई धरान उपमहानगर कमिटिमा चुनिएको नेकपा (एकीकृत समाजवादी) सुनसरी दलित बिभाग इन्चार्ज पिबि दियालीले बताएका छ्न ।

समितिको उपाध्यक्षमा छत्र बराइली, सचिवमा विवश लामगादे, उपसचिवमा सम्झना विश्वकर्मा, शैसन विश्वकर्मा र कोषाध्यक्ष अस्मिता रसाइली चयन भएका छन् ।

करिब १५० जनाको उपस्थिति रहेको उक्त भेलाले १०१ सदस्यीय समिति चयन गरेको हो ।

सदस्यहरुमा सोनु बहादुर मंग्राती, खेमराज धमला, राजन नेपाली, रमिला विश्वकमा, गोपाल विश्वकर्मा, शान्ति शंकर, इन्दिरा लामगादे, कविता विश्वकर्मा, अयुव बराइली, बिनोद बराइली, लक्ष्मण मंग्राती, समिना लुहार, लक्ष्मी लकान्द्री लगायतका चयन भएका छन् ।

भेलामा नेकपा (एकीकृत समाजवादी)सुनसरी जिल्ला सचिवालय सदस्य तथा दलित इन्चार्ज पीवी दियाली प्रमुख अतिथि रहेका थिए । उनले एकीकृत समाजवादी पार्टी अन्य पार्टीभन्दा दलितमैत्री भएको र उत्पीडित दलितहरुको पक्षमा काम गर्ने भएकोले दलितहरुको पार्टीप्रति आकर्षण बढेको बताए ।

पार्टीका धनकुटा उपसचिव तथा दलित नेता गोपाल बराइलीले धरान दलित आन्दोलनको उर्बरभूमी भएकोले धरानमा दलितहरुको भेला देख्दा आफुलाई खुशी लागेको बताए ।

अन्य क्षेत्रमा कमिटि बनाउन मान्छे खोज्नु पर्नेमा धरानमा शुरुवाती अवस्थामानै नेतृत्व लिन होडवाजी चल्न र नगर भेलामा सहभागीहरु खचाखच भएको देखेर समाजवादी यात्रा नजिक र सहज देखेको बताए ।

उनले अन्य संगठनमा अल्झेर नबस्न र समतामूलक समाज निर्माणमा नेपाल दलित मुक्ति संगठनमा आवद्ध हुन सबैलाई आग्रह गरे ।

एकीकृत समाजवादीका नेता तारा लामगादेले धरानमा पार्टी गठनको प्रक्रियामा रहँदै धरानका दलितहरु सयौंको संख्यामा संगठित हुनु नेकपा (एकीकृत समाजवादी)पार्टीका लागि शुभ संकेत भएको बताए ।

उनले यसअघि नै युवा र विद्यार्थीको नगर कमिटि चयन भईसकेकोले जनवर्गिय संगठनबाट नै पार्टी बन्ने भएकोले धरानमा नेकपा (एकीकृत समाजवादी)को भविष्य राम्रो हुने बताए । उनले अझै पार्टीलाई बलियो बनाउन अन्य जनवर्गिय संगठन निर्माणमा समेत पार्टीले ध्यान दिएको बताए ।

भेलामा समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य आनन्द श्रेष्ठले दलित समुदायको विश्वास, भरोसा र साथ सहयोग नेकपा (एकीकृत समाजवादी)मा राम्रो रहेको बताए ।

धरानका दलित समुदायमा दख्खल भएका इमान्दार र मिहेनती नेताहरु रहेकै कारण पार्टीको जनवर्गिय संगठन निर्माण भएकोमा खुशी व्यक्त गरे । सहमति र सहकार्यमा समाजवादी यात्रा अघि बढ्ने बताउँदै धरानमा दलित मुक्ति संगठनको टिम उत्साहजनक भएको बताए ।

नेपाल दलित संगठनका सुनसरी जिल्ला उपाध्यक्ष भीम लामिछानेले यसअघि माओवादी र एमाले दुवैले दलितहरुलाई झुक्याएको, अधिकार सम्पन्न बनाउन ध्यान नदिएको र प्रयोगमात्रै गरेकोले नेकपा (एकीकृत समाजवादी) मा आफुहरु संगठित रुपमा आफ्नो अधिकार स्थापित गर्नका लागि लागेको बताए ।

उनले अन्य संघ संगठनबाट बिद्रोहको तयारीमा थुप्रै नेता कार्यकर्ता रहेकोले आगमी दिनमा सबैलाई समेटेर अघि बढ्ने बताए ।

भेलामा संगठनका सुनसरी उपसचिव सञ्जोग बराइलीले सुनसरीका सबै स्थानीय तहमा संगठन निर्माणमा लागिएको बताए ।

धरानका २० वटै वडामा संगठन विस्तार गर्ने र दलितका समस्या समाधानमा लागि पर्ने बताए । जिल्ला सचिव निर्मला विश्वकर्माले सञ्चालन गरेको धरान उपमहानगर भेलामा जिल्ला अध्यक्ष अमृता रामदामको अध्यक्षतामा सम्पन्न भएको हो ।

नव निर्वाचित कार्यकारी अध्यक्ष घमानसिंह विश्वकर्माले आफु राजनैतिक विचार, सिद्धान्त र कार्यक्रमका आधारमा नेकपा (एकीकृत समाजवादी)मा आवद्ध भएको र उक्त पार्टीले दलित अधिकारका लागि ठोस योजना तथा कार्यक्रम ल्याएकोले आफुले संगठनलाई विकास गर्न सामुहिक रुपमा लागि पर्ने बताए ।

हिविस्कस वोडिङ स्कुलद्धारा साकेला नाच वारेमा जानका

छाल खवर धरान,२७ वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले विद्यार ...

खाली पेटमा खान नहुने ६ खानेकुरा, के हुन्छ असर 

डा. अमृत भण्डारी आयुर्वेदिक चिकित्सक स्वस्थवर्द्धक खानेकुरा पनि उचित मात् ...

बाथरुममा लडेर प्रचण्ड घाइते

छाल खवर काठमाडौं,२४ वैशाखः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प ...

निवन्ध प्रतियोगितामा श्रृष्टी र सुस्मिता प्रथम

छाल खवर धरान,२२ वैशाखः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले आयोजना गरे ...

सुनाखरी इन्टरस्कुल बास्केटबलको उपाधि होलील्याण्ड

छाल खवर धरान,२१ वैशाखः सुनाखरी एकेडेमी धरानले आयोजना गरेको सुनाखरी डिटाउन ३ ...

बहुमतको बलमा पेल्न खोजे विष्फोट हुन सक्छ ः अध्यक्ष

छाल खवर धरान,२० वैशाखः पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic