एमाले सुनसरी अध्यक्षमा भण्डारी विजयी पदाधिकारी पनि आफ्नै टीम विजयी

  • पुस ३०, २०७८
  • १,४४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९पुष ः नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनबाट रेवतीरमण भण्डारी अध्यक्ष पदमा भारी मतलेविजयी भएका छन् ।

भण्डारीले प्रतिद्धन्दी खेमराज पोख्रेललाई १४५ मतान्तरले पराजित गरेका थिए ।

विजयी भण्डारीले ९२० मत पाए भने पोख्रेलले ७७५ मत पाए । अर्का उम्मेदवार द्धारिकलाल चौधरीले ८० मतमा चित्त वुझाउनु परेका थियो । कुल १८०५ मत खसेको थियो ।

यस्तै, उपाध्यक्षमा पनि भण्डारी प्यानलका निलम खनाल विजयी भएका छन् । उनी बराह नगरपालिकाका नगरप्रमुख समेत हुन उनले १०११ मत पाउदा प्रतिस्पर्धी नन्दकुमार बस्नेतले ७०० मतमा चित्त वुझाएका थिए ।

दुई उपसचिवमा राम कोइराला ८२१ र योग्यराज खड्का ५६३ मत ल्याएर विजयी भए । कोइराला अध्यक्ष भण्डारीको प्यानलमा थिए ।

उपसचिवमा १० वुदे पक्षका पदम प्रसाद लिम्वुले ५२५ मतमा सीमित भए अर्का उमेद्वार अञ्जनीकुमार पोख्रेलले ४९५ ले पाए भने १० वुदेका नेता भीम आचार्यका प्रमुख स्वकीय लोकेश निरौलाले ४८४, अर्जुन गहतराजले २२९ र लहरुमाया जिमीले २४० मत पाएका छन् ।

यसअघि सचिव पदमा पर्शुराम यादव सर्वसम्मत निवार्चित भइसकेका थिए । अध्यक्षका उम्मेदवार भण्डारी र पोख्रेल दुवै संस्थापन पक्षका थिए ।

पोख्रेललाई १० बुँदे पक्षले समर्थन गरेता पनि पराजित भएका थिए । पदाधिकारीहरुको परिणामलाई विश्लेषण गर्ने हो भने अन्य सदस्य पदमा पनि १० वुदे पक्षका सदस्यहरु पराजित हुने अनुमान रहेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic