प्रतिष्ठानको तत्काल नेतृत्व गर्न प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवको नेतृत्वमा पाँच सदस्यीय टोली आज धरान आउदै वीपी प्रतिष्ठानका पदाधिकारीहरु निलम्वनमा

  • माघ ३, २०७८
  • ३,१५७ पटक पढिएको
  • छाल खबर
alt

काठमाडौँ, ३ माघ ः धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई स्वास्थ्य मन्त्रालयले निलम्वन गरेको छ ।

मन्त्रालयले प्रतिष्ठानको दैनिक कामकाज गर्न स्वास्थ्य मन्त्रालयबाट प्रमुख विशेषज्ञ डा श्याम सुन्दर यादवको नेतृत्वमा पाँच सदस्यीय टोली पठाउने निर्णय गरेको छ ।

मन्त्रालयले सिफारीस गरेको टोली मंगलवार नै प्रतिष्ठान आइपुग्ने र कार्यभार सम्हाल्ने स्रोतले जनाएको छ ।

मन्त्रालयले बर्तमान उपकुलपति र अन्य पदाधिकारीहरु छानवीनको दायरामा परेपछि शैक्षिक तथा प्रशासनिक क्रियाकलाप अघि बढाउन अफ्टेरो परेको भन्दै डा यादवको नेतृत्वमा टोली पठाउने निर्णय गरेको हो ।

मन्त्रालयले निर्णय गरेको फाइल कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सदर गरिदिएपछि कार्यान्वयनमा आएको हो ।

प्रधानमन्त्रीले फायल सदर गरेपछि नयाँ टिम काम गर्न अघि बढेको स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा रमेश ढकालले जानकारी दिएकाछन् ।

मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार उपकुलपतिको जिम्मेवारी डा. यादवले सम्हाल्नेछन् भने शिक्षाध्यक्षको जिम्मेवारी वीर अस्पतालका एघारौँ तहका डाक्टर रविराम श्रेष्ठले चलाउने छन् । प्रशासन हेर्न मन्त्रालयले सुरेश दाहाललाई पठाउने निर्णय गरेको छ ।

मन्त्रालयका अनुसार दुई जना अन्य सदस्यमा कानून मन्त्रालयले कानून अधिकृत र अर्थ मन्त्रालयले एक जना लेखा हेर्ने अधिकृत पठाउने व्यवस्था मिलाइएको छ ।

प्रतिष्ठानमा आर्थिक अनियमितता, भ्रष्टाचार र बेथिति बढेको भन्दै ६ महिनाअघि प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त सङ्घर्ष समितिले पदाधिकारीविरुद्ध चर्को आन्दोलन गरेपछि सरकारले विभिन्न छानबिन समिति गठन गरेर प्रतिवेदन तयार गरेको थियो । करिब आधा दर्जन जति प्रतिवेदनहरूले पदाधिकारीको कमजोरीले प्रतिष्ठानमा भ्रष्टाचार मौलाएको र दिनदिनै धरासायी बनेको निष्कर्ष निकालेको थियो ।
चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीको पनि संयुक्त आन्दोलन चर्किंदै गएपछि चारै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको थियो । राजनीतिक नियुक्ति लिएर आएका पदाधिकारीलाई हटाउनु पर्ने र चिकित्सा शिक्षा ऐनअनुसार योग्य र दक्षलाई पदाधिकारी बनाउनुपर्ने माग बढ्दै गएपछि सरकारले चारै पदाधिकारीलाई कारबाही गर्ने प्रक्रिया चलाए पनि राजनीतिक अस्थिरताले ठोस रूप लिन नसकेपछि प्रतिष्ठान मियोविहीन भएको बेला सरकारले डा.यादवलाई पठाएको हो ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितको टीमले अनियमितता गरेको भन्दै त्यहाँका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु लामो समय देखि आन्दोलन गर्दैै आएको छ ।

त्यहाँको अनियमितता छानवीन गर्नका लागि स्वास्थ्यमन्त्री खतिवडाकै संयोजकत्वमा छानवीन टोली गठन गरिएको थियो । सो टोलीले कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाईसकेको छ ।

टोलीले अर्को व्यवस्था नभएसम्मका लागि प्रतिष्ठानको दैनिक कामकाज गर्ने गरी अधिकार दिइएको छ । यद्यपी यादव उपकुलपति भने होइनन् ।

स्थानीय स्तरबाट पनि पदाधिकारी परिवर्तनको लागि चर्को दवाव पर्दै आएको छ ।

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic