भु–माफियाबाट जग्गा बचाउन सडक आन्दोलन

  • माघ ४, २०७८
  • ४८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ माघः महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा हडप्न लागेपछि जग्गा बचाउ समिति गठन भएको छ ।

धरानका नागरिक अगुवाहरुले मोहीको छोरालाई अघि सारेर भुमाफियाले जग्गा हडप्न लागेपछि दवाव स्वरुप सडक आन्दोलनको समेत घोषणा गरेकाछन् ।

सोही क्याम्पसका पुर्वप्रमुख तथा पुर्वमेयरसमेत रहेका कुमारबहादुर कार्कीको संयोजकत्वमा जग्गा बचाउ समिति गठन गरिएको हो ।

जग्गा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने कार्कीको भनाई रहेको छ ।

समिति जनप्रतिनिधिहरु सल्लाहकार छन् भने राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजिविहरु सदस्य छन् ।

संयोजक कार्कीले माघ ५ गते सांकेतिकरुपमा धरानमा मौन जुलुस गर्ने जानकारी दिएकाछन् ।

संयोजक कार्कीका अनुसार माघ ५ गते पछि प्रदेशका सभामुख, मुख्यमन्त्री, नगरपालिका र अन्य महत्वपुर्ण निकायहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ ।

धरानबासीलाई हस्तक्षेत्र भएको जग्गाको आम रुपमा जानकारी गराउने र टोल टोलबाट आन्दोलनलाई उत्कर्षमा पु¥याउने दावी गरे ।

क्याम्पसले २०३४ सालमा धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरिद गरेको थियो ।उक्त जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे थिए ।

मोही परिवारलाई खुशी बनाएर नै जग्गा क्याम्पसलाई बिक्री गरिएको तत्कालिन जग्गाधनी श्याम गोविन्द श्रेष्ठले बताउदै आएका छन् ।

मोहीले जग्गाको ५० प्रतिशत जग्गा पाउने कानुनी प्रावधान छ । यो हिसाबले क्याम्पसबाट मोहीले पाउने जग्गाको मुल्य कम्तीमा २० करोडको हुन्छ ।

मोहीले सो जग्गा भोग भने गरेका छैनन् ।त्यहाँ क्याम्पसले घेराबारा गरेर भौतिक संरचनाहरु निर्माण गरेको छ । मोही घिमिरेको २०५६ सालमा नै मृत्यु भएको थियो भने उनकी पत्नी शिवकुमारीको पनि २०६४ सालमा निधन भइसकेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic