डाक्टर विक्रमप्रसाद श्रेष्ठको चरित्रहत्या गर्ने कार्यको धरानवासीद्धारा निन्दा डा. श्रेष्ठको चरीत्र हत्या गर्नेलाई कुनै हालतमा नछोडने चेतावनि

  • माघ ८, २०७८
  • ४,५४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ माघ ः धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने गरेका गलत प्रवृत्तिका विरुद्ध धरानवासीहरु एकढिक्का बनेकाछन् ।

प्रष्ठिानमा भएका असल डाक्टरहरुलाई अन्यत्र जान वाध्य पार्ने र प्रष्ठिान डुवाउन लाग्ने सवैखाले प्रवृत्ति विरुद्ध धरानवासीहरु एकढिक्का बनेका हुन् ।

प्रतिष्ठान केही व्यक्तिहरुका निहित स्वार्थकोका कारण अनियमितताको जालोमा फसेले प्रतिष्ठानले प्रदान गर्ने सबै सेवाका गुणस्तरहरु खस्कदै गएको छ ।

दुरागामी उदेश्य र लक्ष्यबाट विचलीत भएको प्रतिष्ठानमा उपकुलपति बन्ने योग्यता राख्ने र विज्ञ डाक्टरहरुलाई पाखा लगाउने षडयन्त्रकारीहरु सकृय भएको बारेमा धरानको नागरिक समाज, राजनैनीतिक नेतृत्वहरुले आपत्ति जनाएका छन् ।

पछिल्लो समय प्रतिष्ठानको हाडजोर्नी विभागमा प्रमुख प्राध्यापक डा. विक्रम प्रसाद श्रेष्ठको चरित्र हत्या हुनेगरी त्यहीँका डा.रोशनप्रसाद साह कलवारले गरेको मिडियाबाजीका विषयमा समेत सर्वपक्षिय छलफल भएको थियो ।

प्रतिष्ठानको अवस्थाका बारेमा शुक्रवार नागरिक दवाव सञ्जाल, राजनीतिक दलीय संयन्त्र र सामजिक संघ संस्था, वुद्धिजीवीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो हर्कत तत्काल वन्द गर्न चेतावनि समेत दिएकाछन् ।


यसअघि बुधवार प्रतिष्ठानका बारेमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सहितको उपस्थितिमा बृहत छलफल भएको थियो ।

पछिल्लो पटक हाडजोर्नी विभाग प्रमुख प्राध्यापक डाक्टर विक्रम प्रसाद श्रेष्ठको चरित्र हत्या हुनेगरी गरिएको हतोत्साहको प्रयास यसको ज्वलन्त उदाहरण हो विज्ञप्तीमा भनिएको छ ।

आफ्ना कालो कर्तुतहरुलाई छुपाउन अर्काको चरीत्र हत्या गर्ने दुष्चेष्टा गरेको कुरा हामीलाई सूचना प्राप्त भएको छ ।’ चरित्र हत्यामा संलग्न जो कोही भएपनि उनीहरुलाई दण्डित गर्न प्रतिबद्ध रहेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

विगतमा पनि धेरैपटक धरानका नागरिक समाज¸ राजनीतिक दलीय संयन्त्र र धरान उपमहानगरपालिकाबाट यसका समस्याहरु पहिचान र समाधानका उपायहरुको खोजी गर्ने सत्प्रयासहरु नभएका होइनन् तर यहाँका पदाधिकारीहरुमा विकृतिलाई निराकरण गर्ने इच्छाशक्तिको अभाव र उनीहरुमाथि सरकारी संरक्षणका कारण¸ प्रतिष्ठानमा अपेक्षित सुधार हुन सकेको छैन ।

धेरै पटक छानविन समितिहरु बने तर कुनै समितिको प्रतिवेदन पनि सरकारले लागु गर्ने तत्परता देखाएन र त्यसमा औंल्याइएका सुझावहरुको कार्यान्वयन् नभएकाले यस्तो अराजकता बढेको विज्ञप्तीमा औल्याइएको छ ।

यस्तो स्थितिले काम गर्ने स्वच्छ वातावरणको अभावमा पहिले पनि धेरै राम्रा डाक्टरहरु पलायन भएर प्रतिष्ठानका विभागहरुमा उत्कृष्ट सेवाको कमी छ । प्रतिष्ठानको नाम र ख्यातिका कारण जोडिन आएका अझै पनि धेरै राम्रा र कर्तव्यनिष्ठ चिकीत्सकहरु यहाँ भएको तर अनेक निहँुमा संगठित रुपमै त्यस्ता चिकित्सकहरु माथि प्रहार हुने क्रम यध्दपि जारी रहेको उदाहरण डा. विक्रम श्रेष्ठ विरुद्ध भएको षडयन्त्रले छर्लङ्ग बनाएको विज्ञप्तीमा उल्लेख छ ।

योग्य डाक्टरको चरित्र हत्यामा सलग्न जो केहीलाइ बेलैमा सच्चिन आग्रह गर्दै विज्ञप्तीमा भनिएको छ ‘धरानको यो भेला डा विक्रमको चरित्र हत्यामा संलग्न जो कोही भएपनि उनीहरुलाई दण्डित गर्न प्रतिबद्ध हुँदै ऐक्यवद्धता जाहेर गर्दछ ।

विज्ञप्तीमा गत २०७८ असार १ गतेदेखि प्रतिष्ठान भित्र डाक्टर¸ प्राध्यापक¸ नर्स¸ कर्मचारी तथा विद्यार्थीहरुको सयुक्त संघर्ष समिति शुद्धीकरणको एक सूत्रीय माग सहित जारी आन्दोलनको ध्यानाकर्षण गराइएको छ ।

प्रतिष्ठानलाई पूर्ववत उच्च प्राज्ञिक थलोका रुपमा स्थापित गर्ने चुनौति यतिबेला सरकारको अघि रहेको उल्लेख गर्दै विज्ञप्तीमा प्राथमिकताका साथ प्रतिष्ठान भित्र हुने गरेका अनियमितताको अन्त्य गरी दोषी माथि अविलम्ब कारबाही हुनुपर्ने जोडदार माग गर्दछौं भनिएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘लोभीपापीहरुबाट यसरी निष्ठावान डाक्टरहरु माथिको यस्तो प्रहार र हतोत्साह तत्काल नरोकिए त्यसका विरुद्ध एकजुट धरानेको धैर्यको बाँध फुट्ने र त्यसबाट उत्पन्न परिणाम भोग्न तयार रहन पनि हामी चेतावनी दिन चाहन्छौ ।’

यसैविच बुधबार विभागीय प्रमुख प्रा।डा। विक्रमप्रसाद श्रेष्ठसहित रुटिन इन्चार्ज रुक्मा श्रेष्ठ, डा. अमित लिम्बू, डा.अमितविक्रम साह, हाडजोर्नी अप्रेशन कक्षका नर्स इन्चार्ज सञ्जु राई, नर्स कविता सुब्बा, सलिना गुरुङ र रेणुका राजवंशीले संयुक्त विज्ञप्ति जारी गर्दै डा. रोशनप्रसाद साह कलवारका त्रुटीका कारणले शल्यक्रियामा लामो समय लागेको उल्लेख गरेका छन् । डा.कलवारले व्यक्तिगत आक्षेप लगाई डाक्टरी तथा नर्सिङ पेशाको छवि, शिष्टाचार र मर्यादाप्रति मानमर्दन लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

निःशुल्क प्रयोग गर्नुपर्ने सामग्रीमा पैसा लिएपछि प्रयोगमा प्रतिबन्ध लगाइएको सामग्री हाडजोर्नी विभागका डा. रोशन कलवारले शल्यक्रियाको क्रममा सोही सामग्री प्रयोग गरेको खुलासा विज्ञप्तीमा गरिएको हो ।

अमेरिकी दातृसंस्थाले निःशुल्क दिएको रडमा डा। रोशनले रकम लिने गरेको पाइएपछि उनलाई विभागले रोक लगाएको थियो ।

प्रतिष्ठानका लागि आएको निःशुल्क रड रोशनले व्यक्तिगत रुपमा रकम लिएर गर्न थालेका प्रयोगमा रोक लागेपछि उनले विभागीय प्रमुखकै विरुद्धमा मिडियाबाजी गर्न थालेका हुन् । डा कलवारले व्यक्तिगत आक्षेप लगाई डाक्टरी तथा नर्सिङ पेशाको छवि, शिष्टाचार र मर्यादाप्रति मानमर्दन गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा डा कलवारले निःशुल्क प्रदान गर्नुपर्ने साइन कम्पनीको स्टिल बिक्री गरेपछि बिरामीले प्रहरीमा उजुरी दिएका थिए । उजुरीपश्चात् गल्ती स्वीकार गर्दै बिरामीसँग लिएको रकम प्रहरी प्रशासनको अगाडि फिर्ता गरेको समाचार प्रकाशित भएपछि साइन कम्पनीको स्टिल प्रयोग गर्न विभागले नियमन गर्दै जथाभावी प्रयोग नगर्न र गर्नै परे शुल्क नलिन निर्णय गरेको थियो ।

प्रतिष्ठानको नाममा अनुदान आउने साइन स्टिल रडा विभागमा दाखिला नगरेसम्म डा। कलवारलाई प्रयोग गरी शल्यक्रिया नगर्न र नगराउन विभागीय प्रमुखले गरेको पत्राचार लाई डा। कलवारले विभागको निर्णय र पत्राचारलाई उल्लंघन गर्दै साइन कमपनीको स्टिल प्रयोग गरेको हो ।

डा. कलवारले प्रतिष्ठानको परिपत्र विपरीत सामाजिक सञ्जालमा कुप्रचार गरी सहकर्मीहरूविरुद्ध बिरामी र बिरामी कुरुवाहरूमा अफवाह फैलाएर तथा स्वास्थ्यकर्मीहरूको सुरक्षामाथि गम्भीर खेलवाड गरेको उल्लेख छ ।
बिहीबारको विवादका विषयमा निर्देशकसहित उपनिर्देशकबीच छलफल हुँदा निर्देशकले साइन स्टिल स्टोरमा दाखिला गरी तत्काल समस्याको समाधान गर्ने भएको तर, डा. कलवारले नमानेको विज्ञप्तिमा उल्लेख छ ।

साथै माघ १ गते बिदाका दिन हाडजोर्नी विभागका ओटी इन्चार्ज सञ्जु राईलाई फोन गरी विभिन्न प्रश्न गरी फोन रेकर्ड गरी सुनियोजित रूपमा फसाउने मनसायले सामाजिक सञ्जालमा सार्वजनिक गरेको जनाइएको छ ।

फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम

छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक् ...

आन्दोलनरत शिक्षकहरुवीच कुटाकुट

छाल खवर धरान,१३ वैशाखः काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलन २५ औं दिनसम्मा आ ...

भारतमा आतंकवादीद्धारा मारीएका न्यौपानेको धरानमा श्

छाल खवर धरान,१३ वैशाखः भारतको जम्मु काश्मिरको पहलगाममा आतङ्ककारी हमलाबाट भा ...

शिक्षक आन्दोलन २०८१ र नयाँ शिक्षा ऐन

देशभीरका शिक्षकहरू आज कक्षाकोठा छाडेर सरकारसँग नयाँ शिक्षा ऐन जारी गर्ने मा ...

लिङथेप कल्याणकारी समितिको वंशावली विमोचन

छाल खवर धरान,९ वैशाखः लिङथेप कल्याणकारी समिति मादी संखुवासभाको साङधुङ्गेहाङ ...

अनेमसंघ सुनसरीमा नयाँ नेतृत्व चयन

छाल खवर धरान,९ वैशाखः नेकपा (एमार्ले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic