सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहिन, अर्को बैठक पुनः अपराह्न ४ बजे बस्ने

  • माघ १५, २०७८
  • १,८२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ माघ ःस्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न शनिबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ।

करिब एक घण्टाको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छुट्टै छलफल भएको थियो।

उक्त छलफलबाट पनि निर्वाचनको मितिबारे टुंगा नलागेपछि पुनः गठबन्धनको बैठक आजै अपराह्न ४ बजे बस्ने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए।

आज बिहान सवा ९ बजेदेदेखि गठबन्धनको बैठक बसेको थियो। बैठकमा काङ्ग्रेस उपसभापति पूर्णबहादुर खड्का, कार्य सम्पादन समिति सदस्य कृष्णप्रसाद सिटौलासहित गठबन्धन चार दलका ४ शीर्ष नेता थिए।

गठबन्धनको बैठक सकिएपछि फेरि शीर्ष नेता छलफलमा बसेका थिए। अब गठबन्धनको बैठक पुनः अपराह्न ४ बजे बस्ने भएको हो।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic