एकिकृत समाजवादीको धरान नगर कमिटी गठनको लागि तयारी समिति

  • माघ १६, २०७८
  • ४,८४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ माघ ः नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले धरान नगरसमिति गठनको लागि केन्द्रीय सदस्य तथा सुनसरी सह–इन्चार्ज सुष्मा राईको संयोजकत्वमा तयारी समिति गठन गरेको छ ।

समाजवादीको आइतवार भएको भेलाले नगर कमिटी गठनको लागि तयारी समिति गठन गरेको हो ।

धरान नगर समिति गठनका लागि सवै जनवर्गीय संगठनहरु र केन्द्रीय सदस्यहरु,धरानमा रहेका जिल्ला सदस्यहरु स्वत तयारी समिति सदस्य रहने गरी ५० सदस्यीय भेला आयोजक समिति गठन गरीएको संयोजक सुष्मा राईले जानकारी दिनुभएको छ ।

धरानमा कमिटी गठनमा ढिला भएको चौतफी चर्चा भएको थियो । आन्तरीक तयारीको लागि केही दिन ढिलाभएपनि आन्तरीक तयारीमा लागेको संयोजक राईको भनाई रहेको छ ।

सवै क्षेत्र भूगोल वर्ग क्षेत्र सवैलाई समेटेर कमिटी गठन गरीने र यसै महिना भित्रमा नया कमिटी गठन गरीने संयोजक राईले जानकारी दिनुभएको छ ।

भेलामा केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज केषव कुमार विष्ट, केन्द्रीय सदस्य तथा सुनसरी सह–इन्चार्ज जीवन राई, सुनसरी अध्यक्ष गोविन्द निरौला,समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य कुवेर गुरुङ,नेपाल दलित मुक्ति संगठनका जिल्ला उपाध्यक्ष भीम लामिछाने, धरान नगर अध्यक्ष घमानसिं विश्वकर्मा, लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic