एकिकृत समाजवादीको धरान नगर कमिटी गठनको लागि तयारी समिति

  • माघ १६, २०७८
  • ४,८०९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ माघ ः नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले धरान नगरसमिति गठनको लागि केन्द्रीय सदस्य तथा सुनसरी सह–इन्चार्ज सुष्मा राईको संयोजकत्वमा तयारी समिति गठन गरेको छ ।

समाजवादीको आइतवार भएको भेलाले नगर कमिटी गठनको लागि तयारी समिति गठन गरेको हो ।

धरान नगर समिति गठनका लागि सवै जनवर्गीय संगठनहरु र केन्द्रीय सदस्यहरु,धरानमा रहेका जिल्ला सदस्यहरु स्वत तयारी समिति सदस्य रहने गरी ५० सदस्यीय भेला आयोजक समिति गठन गरीएको संयोजक सुष्मा राईले जानकारी दिनुभएको छ ।

धरानमा कमिटी गठनमा ढिला भएको चौतफी चर्चा भएको थियो । आन्तरीक तयारीको लागि केही दिन ढिलाभएपनि आन्तरीक तयारीमा लागेको संयोजक राईको भनाई रहेको छ ।

सवै क्षेत्र भूगोल वर्ग क्षेत्र सवैलाई समेटेर कमिटी गठन गरीने र यसै महिना भित्रमा नया कमिटी गठन गरीने संयोजक राईले जानकारी दिनुभएको छ ।

भेलामा केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज केषव कुमार विष्ट, केन्द्रीय सदस्य तथा सुनसरी सह–इन्चार्ज जीवन राई, सुनसरी अध्यक्ष गोविन्द निरौला,समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य कुवेर गुरुङ,नेपाल दलित मुक्ति संगठनका जिल्ला उपाध्यक्ष भीम लामिछाने, धरान नगर अध्यक्ष घमानसिं विश्वकर्मा, लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic