प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्छ– वरिष्ठ नेता अशोक राई

  • माघ १७, २०७८
  • ५,५५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ माघ ःजनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रदेश १ को नाम पहिचानको आधारमा कायम गर्नुपर्ने वताउनु भएको छ ।

आइतवार धरानमा आयोजित साक्षात्कार कार्यक्रममा वोल्दै वरिष्ठ नेता राईले सो कुरा वताउनु भएको हो ।

उहाले पहिचानको आधारमा किरात–लिम्बुवान पछि शेर्पालुङ जोडेपनि आफूहरुलाई स्विकार्य हुने उल्लेख गर्नुभयो ।

उहाले प्रदेश १ को नाम किरात–लिम्बुवान वा लिम्बुवान–किरात राख्न सकिने र त्यसमा शेर्पालुङ थप्दा राम्रो धारणा व्यक्त गर्नुभएको थियो ।

सोही कार्यक्रममा वोल्दै वरिष्ठ नेता राईले गठबन्धनको विषयमा जे हल्ला चलेपनि संसदीय चुनावसम्म लिएर जाने कुरामा विवाद नभएको स्पष्ट गर्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सधैंजसो गठवन्धनमा जोडदिदै आएको स्पष्ट गर्दै गठबन्धन लामो समय टिक्ने दावी समेत गर्नुभएको थियो ।

पार्टी विभाजन हुन लागेको हो भन्ने संचारकर्मीको जिज्ञासामा नेता राईले पार्टी भित्र आन्तरीक वहस छलफल हुनु स्वभाविक भएको बताउदै गम्भिर वहस हुदैमा विभाजन हुने तर्क गर्नु गलत भएको दावी समेत गर्नुभयो ।उहाले पार्टी विभाजनको संभावना नभएको जिकिर समेत गर्नुभयो ।

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic