प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्छ– वरिष्ठ नेता अशोक राई

  • माघ १७, २०७८
  • ५,५२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ माघ ःजनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रदेश १ को नाम पहिचानको आधारमा कायम गर्नुपर्ने वताउनु भएको छ ।

आइतवार धरानमा आयोजित साक्षात्कार कार्यक्रममा वोल्दै वरिष्ठ नेता राईले सो कुरा वताउनु भएको हो ।

उहाले पहिचानको आधारमा किरात–लिम्बुवान पछि शेर्पालुङ जोडेपनि आफूहरुलाई स्विकार्य हुने उल्लेख गर्नुभयो ।

उहाले प्रदेश १ को नाम किरात–लिम्बुवान वा लिम्बुवान–किरात राख्न सकिने र त्यसमा शेर्पालुङ थप्दा राम्रो धारणा व्यक्त गर्नुभएको थियो ।

सोही कार्यक्रममा वोल्दै वरिष्ठ नेता राईले गठबन्धनको विषयमा जे हल्ला चलेपनि संसदीय चुनावसम्म लिएर जाने कुरामा विवाद नभएको स्पष्ट गर्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सधैंजसो गठवन्धनमा जोडदिदै आएको स्पष्ट गर्दै गठबन्धन लामो समय टिक्ने दावी समेत गर्नुभएको थियो ।

पार्टी विभाजन हुन लागेको हो भन्ने संचारकर्मीको जिज्ञासामा नेता राईले पार्टी भित्र आन्तरीक वहस छलफल हुनु स्वभाविक भएको बताउदै गम्भिर वहस हुदैमा विभाजन हुने तर्क गर्नु गलत भएको दावी समेत गर्नुभयो ।उहाले पार्टी विभाजनको संभावना नभएको जिकिर समेत गर्नुभयो ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic