प्रदेश १ सरकारका १२ मन्त्रालयमा कुन कुन परे

  • माघ १८, २०७८
  • १,६२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ माघ ः प्रदेश १ सरकारले मन्त्रालय थप गरी अव १२ मन्त्रालय वनाउने भएको छ ।

आइतबार साँझ बसेको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय विभाजन गरेको हो ।

मन्त्रिपरिषद कार्यविभाजन निमायवली संशोधन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा यसअघि प्रदेश सरकारले बनाएको कार्यदलको प्रतिवेदन अनुसार मन्त्रालय विभाजन गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय बाहेकको मन्त्रालय विभाजन गरीएको हो ।

विगतको मन्त्रालयलाई विभाजन गरी सामाजिक विकास मन्त्रालयलाई स्वास्थ्य र सामाजिक विकास मन्त्रालयको रुपमा विभाजन गरि श्रम तथा रोजगारलाई त्यहाँबाट निकालेर उद्योगसँग जोडेर छुट्टै मन्त्रालय बनाइएको छ ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा विभाजन गरिएको छ ।

सो मन्त्रालय अन्तर्गत रहेको यातायातलाई यसअघि कृषि मन्त्रालय अन्तर्गत रहेको भूमि व्यवस्था र सहकारीसँग जोडेर छुट्टै मन्त्रालय बनाइएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय विभाजन गरेर वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय संस्कृति तथा पर्यटन मन्त्रालय बनाइएको छ।

यसअघि सोहि मन्त्रालय अन्तर्गत रहेको उद्योगसँग सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको श्रम तथा रोजगार जोडेर अर्को मन्त्रालय बनाइएको छ ।

भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र बनाइएको छ भने त्यसमा रहेको भूमि व्यवस्थालाई भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको यातायात जोडेर अर्को मन्त्रालय बनाइएको छ ।

मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन भएसँगै ७ वटा रहेको प्रदेश सरकारको मन्त्रालय संख्या १२ पुगेको छ ।

मन्त्रिपरिषद बैठकले कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालयको संख्या बृद्धि गरेको भएपनि सरकारले आधिकारीक रुपमा जानकारी भने गराएको छैन् ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनबारे प्रारम्भिक छलफल भएको बताउँदै यसमा थप हेरफेर हुनसक्ने बताएका छन् ।

मन्त्रालय सञ्चालनको लागि ठाउको खोजीभइरेको वुझिएको छ । घर भेटीने वितिकै मन्त्रीहरुको शपथ हुने स्रोतले दावी गरेको छ ।

स्रोतका अनुसार कायम हुने मन्त्रालयहरु

१. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. आर्थिक मामिला तथा योजना मन्त्रालय
३. आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४. सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय
५. खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
६. सामाजिक विकास मन्त्रालय
७. स्वास्थ्य मन्त्रालय
८. उद्योग, श्रम तथा रोजगार मन्त्रालय
९. वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय
१० संस्कृति तथा पर्यटन मन्त्रालय
११ कृषि तथा पशुपक्षी विकास मन्त्रालय
१२ भूमि व्यवस्था, सहकारी तथा यातायात मन्त्रालय

यसअघि कायम रहेका मन्त्रालय

१. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. आर्थिक मामिला तथा योजना मन्त्रालय
३. आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४. भौतिक पूर्वाधार विकास मन्त्रालय
५. सामाजिक विकास मन्त्रालय
६. कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
७. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic