बामदेवले एमाले छोडदै, नया पार्टी दर्ताको तयारीमा

  • माघ १८, २०७८
  • १,७८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१८ माघ ः नेकपा एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएर गुमनाम वसेका बामदेव गौतमले नया दल दर्ताको तयारीमा लागेकाछन् ।

गौतमले आन्तरीक रुपमा पार्टी दर्ताको तयारी गरेपनि पार्टीको नाम भने वाहिर आएको छैन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमको सचिवालयका अनुसार केही दिनमै पार्टी निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारी भइरहेको छ।

नयाँ पार्टी दर्ताको तयारी भइरहेको र केही दिनमै निर्वाचन आयोगमा जाने सचिवालय स्रोतले जनाएको छ ।

गौतम अहिले नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्य छन्। २०७४ सालको संसदीय चुनावमा बर्दिया–१ बाट पराजित भएका थिए ।

गौतमलाई केपी शर्मा ओली नेतृत्वले २०७७ मा राष्ट्रिय सभा सदस्य मनोनित गर्न सिफारिस गरेको थियो । सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मनोनित गरेकी थिइन्। गौतम ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य बनेका हुन्।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा गौतम सचिवालय सदस्य थिए। नेकपा विभाजनपछि उनी एमाले उपाध्यक्ष थिए। एमाले विभाजन भएपछि गौतमले उपाध्यक्षबाट राजीनामा दिएका थिए तर उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा गएका थिएनन्।

मंसिरमा भएको एमालेको १० औं महाधिवेशन प्रक्रियामा पनि उनी सहभागी भएका थिएनन्।

२०५४ मा एमालेबाट विभाजित भएर गौतमले आफ्नो नेतृत्वमा नेकपा (माले) गठन गरेका थिए। मालेले चार वर्षपछि २०५८ मा एमालेसँग एकता गरेको थियो।

सरकारमा सहभागीताका लागि गौतमले अनेकन प्रयत्न गरेका थिए । सरकारमा सहभागी नपाएपछि उनी नेकपाको सरकारमा समेत असन्तुष्ट वनेका थिए । सधै सत्ता र शक्तिमा रमाउन चाहाने गौतमले शक्ति विपन्न भएपछि आफ्नो नेतृत्वमा पार्टी गठन गर्न लागेका हुन् ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic