बामदेवले एमाले छोडदै, नया पार्टी दर्ताको तयारीमा

  • माघ १८, २०७८
  • १,८१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१८ माघ ः नेकपा एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएर गुमनाम वसेका बामदेव गौतमले नया दल दर्ताको तयारीमा लागेकाछन् ।

गौतमले आन्तरीक रुपमा पार्टी दर्ताको तयारी गरेपनि पार्टीको नाम भने वाहिर आएको छैन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमको सचिवालयका अनुसार केही दिनमै पार्टी निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारी भइरहेको छ।

नयाँ पार्टी दर्ताको तयारी भइरहेको र केही दिनमै निर्वाचन आयोगमा जाने सचिवालय स्रोतले जनाएको छ ।

गौतम अहिले नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्य छन्। २०७४ सालको संसदीय चुनावमा बर्दिया–१ बाट पराजित भएका थिए ।

गौतमलाई केपी शर्मा ओली नेतृत्वले २०७७ मा राष्ट्रिय सभा सदस्य मनोनित गर्न सिफारिस गरेको थियो । सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मनोनित गरेकी थिइन्। गौतम ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य बनेका हुन्।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा गौतम सचिवालय सदस्य थिए। नेकपा विभाजनपछि उनी एमाले उपाध्यक्ष थिए। एमाले विभाजन भएपछि गौतमले उपाध्यक्षबाट राजीनामा दिएका थिए तर उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा गएका थिएनन्।

मंसिरमा भएको एमालेको १० औं महाधिवेशन प्रक्रियामा पनि उनी सहभागी भएका थिएनन्।

२०५४ मा एमालेबाट विभाजित भएर गौतमले आफ्नो नेतृत्वमा नेकपा (माले) गठन गरेका थिए। मालेले चार वर्षपछि २०५८ मा एमालेसँग एकता गरेको थियो।

सरकारमा सहभागीताका लागि गौतमले अनेकन प्रयत्न गरेका थिए । सरकारमा सहभागी नपाएपछि उनी नेकपाको सरकारमा समेत असन्तुष्ट वनेका थिए । सधै सत्ता र शक्तिमा रमाउन चाहाने गौतमले शक्ति विपन्न भएपछि आफ्नो नेतृत्वमा पार्टी गठन गर्न लागेका हुन् ।

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic