नगर सम्मेलन आयोजक समिती गठन

  • माघ २४, २०७८
  • १,७६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ माघ ःप्रेस सेन्टर नेपालको सनिबार धरानमा भएको भेलाले सेन्टरको तेश्रो उप–महानगर सम्मेलन आयोजक समिती गठन गरेको छ।

भेलाले बिनोद बिश्वकर्माको सम्योजकत्वमा १७ सदस्यिय आयोजक समिती गठन भएको हो।

भेलाले माघ–२७ गते बुधबार धरान उप(महानगर सम्मेलन गर्ने निर्णय गरेको सम्योजक बिश्वकर्माले जानकारी दिएकाछन् ।

सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्यहरु श्रीसिसा राई, भरतराज शर्मा(गोपाल), अर्जुन शर्मा, जनकऋषि राई र प्रदेस सदस्य सन्जय याखाको उपस्थिती थियो।

सम्मेलन सफल बनाउनका लागि विभिन्न जिम्मेवारी समेत बाडफाड गरिएको सम्योजक बिश्वकर्माले जानकारी गराए।

गत कार्तिक (१६ गते सेन्टरको चौथो जिल्ला अधिबेसन सम्पन्न भएपछी जिल्ला समन्वय समिती सुनसरीले माघ–६ गते देखि १० गतेसम्म ५ दिवसिय निस्शुल्क आधारभुत पत्रकारिता तालिम आयोजना गरेको थियो।

माघ–१५ गते इटहरी(१६ पकली स्थित राम जानकी शान्ती बृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई खिर खुवाएर सुनसरी जिल्लाले १८ औ स्थापना दिवस मनाएको थियो।

धरान उप–महानगर सम्मेलन सम्पन्न भएपछी जिल्लाका अन्य ठाउहरुमा पालिका गठनलाई तिब्र रुपमा अघि बढाइने जिल्ला अध्यक्ष कार्कीले जानकारी दिए।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic