प्रेस सेन्टर धरान नगरमा बिनोद

  • माघ २६, २०७८
  • ३२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ माघ ः प्रेस सेन्टर नेपाल धरान उप(महानगर समितिको बुधबार सम्पन्न तेश्रो सम्मेलनले बिनोद बिश्वकर्माको अध्यक्षतामा १३ सदस्यिय नगर कार्य समिती चयन गरेको छ।

धरान–१२ चतरा लाईन स्थित होटल स्टार पुर्बिमा भएको सम्मेलनबाट उपाध्यक्षमा नमिता राई, सचिवमा सर्ण कुमार सम्बाहाम्फे, कोषाध्यक्षमा अन्कित ढुङ्गाना चयन भएका छन।

2

त्यसैगरी सदस्यहरुमा निलेष बिष्ट, अनिष बस्नेत, मनिषा ढुङ्गाना, दुर्गा खाती, मनिषा बिश्वकर्मा चयन भएका छन।

त्यस्तै अन्य सदस्यहरुमा निरु लिम्बू, सौरभ गदाईली, लक्ष्मी कार्की र दिपन विश्वकर्मा रहेका छन। नव निर्वाचित कार्यसमितिलाई प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजन केडिले शपथ ग्रहण गराए।

4

कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टरका केन्द्रीय सदस्य एबम नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई, अर्का केन्द्रीय सदस्य केडि लगायतले नव निर्वाचित पदाधिकारी र कार्यसमिती सदस्यहरुलाई प्रमाण पत्र बितरण गरे।

प्रेस सेन्टर नेपाल सुनसरीका अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका १ न.प्रदेस सदस्य मुक्सामहाङ मेन्याङो (मुकेस), केन्द्रका प्रदेस सदस्य अइन्द्र बिक्रम बेघा, प्रेस सेन्टरका केन्द्रीय सदस्य एबम नेपाल पत्रकार महासङ्घ सुनसरीका पुर्ब अध्यक्ष केशब घिमिरे, माओवादी केन्द्रका नेता फोक्वाहाङ सुब्बा९चोत्लुङ०, माओवादी केन्द्रकी नेत्री एबम महिला सन्जाल धरानकि अध्यक्ष चेतना श्रेङ रहनु भएको थियो ।

त्यसैगरी प्रेस सेन्टरका केन्द्रीय सदस्यद्वय अर्जुन शर्मा र श्रीसिसा राईले शुभ–कामना मन्तब्य ब्यक्त गरे। कार्यक्रममा माओवादी नेत्री साबित्रा चौलागाई (भुमिका), वाई.सि.एल.नेपालका केन्द्रीय सदस्य भुवन याखा, प्रेस सेन्टरका प्रदेस न.१ सदस्यद्वय गोबिन्द बस्नेत र सन्जय याखा, माओवादी केन्द्र धरानका विभिन्न वडाका अध्यक्षहरु लगायतको उपस्थिती थियो।

सेन्टरका जिल्ला सह सचिव मनोज निरौलाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सन्चालन बिनोद बिश्वकर्माले गरे।

5 6 7 10 11 9 14 13 12 8

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic