एमालेलाई धरानमा ठूलो धक्का, पुर्वजिल्ला सदस्य रेवतीरमण राईको अध्यक्षतामा नेकपा एसको कमिटी घोषणा

  • माघ २८, २०७८
  • ३,१४५ पटक पढिएको
  • छाल खबर
alt

तस्विर ः दिलबहादुर राई

छाल खवर
धरान,२८ माघ ः नेकपा एमालेका नेताहरुले धरानमा आफ्नो विरासत कायम गर्ने दावी गरेको वेला पार्टी कार्यकर्ताहरु भने पार्टी छोडनेक्रम जारी रहेको छ ।

स्थानीय तहको निर्वाचनको तयारी शुरु भएको अवस्थामा नेकपा एमाले सुनसरीका पूर्व जिल्ला सदस्य समेत रहेका नेता कार्यकर्ताहरुले पार्टी छाडदा ठूलो क्षति पुगेको छ ।

saphata

धरानमा शुक्रवार सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा भएको भेलाले एमालेका पुर्वजिल्ला सदस्य समेत रहेका रेवतीरमण राईको अध्यक्षतामा ७१ सदस्यीय नेकपा (एकीकृत समाजवादी)धरान उपमहानगर कमिटी घोषणा गरेपछि एमालेलाई क्षति भएको हो ।

jivan

रेवतिरमण राई जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यमा झिनो मतले पराजित भएका थिए ।

कमिटीको उपाध्यक्षमा शुकलाल लिम्बु र पदमा सुब्बा चयन भएकीछिन् । कमिटीको सचिवमा खेम दाहाल चयन भएकाछन् ।

यस्तै, उपसचिवमा स्वर्णिमहाङ फोम्बो चयन भएकाछन् । फोम्बो धरान ५ का समायोजन पछिको एमालेको उपाध्यक्ष समेत हुन् अर्को उपसचिवमा अमृता रामदाम चयन भएकीछन् ।

त्यसैगरी सदस्यहरुमा करुणा राई,दिल्पना श्रेष्ठ,राजेश श्रेष्ठ,सुजित शंकर,निर्मला दियाली,सन्जोक बराइली,घमान सिङ बिक,भिम लाम्गादे,कबिता बिक,मिना गहतराज,अयुब बराइली, बिष्णा तिरुवा,सन्जु दर्नाल,सिला परियार,अमल बराइली,अजय मल्लिक, देवि परियार, उदिम राई छन् ।

त्यस्तै बिरन नेपाली,लक्ष्मी लकान्द्री,मुना घताने,शम्भु बिस्वकर्मा,राहुल मलिकरोमन रसाइली,दिपक रसाइली ,अर्जुन श्रेष्ठ,हेमसोभा राई,नन्द श्रेष्ठ,रोसनी राई ,राजकुमार राई ,सबिर राइ ,सुक बहादुर लिम्बू,गङा माया खडका गंगाराम राई छन् ।

अन्य सदस्यहरुमा कमल राई,फिफाहांग लिम्बु,सुर्यबहादुर राई,प्रेण राई,राजकुमार अग्रवाल, प्रदीप मुखिया,हरी प्रसाद खडका,राजकुमार राई,कबिता राई,अभिसेक श्रेष्ठ,राज कार्की,,एलिसा राई,इश्वर पोखरेल,कुशल बुढोकी,सबिन लिम्बु,हिमालजंग खडका,आसिस प्रधानछन् ।

त्यस्तै अन्य सदस्यहरुमा साइमान श्रेष्ठ, बर्षा भुजेल,अरुण कटवाल,,सन्देश राई,सौरब राई,सन्जु राजबंशी,कृष्ण कार्की,शुक्र नाल्वो,सम्झना धिमाल,सन्देश आंगबुहागं, खेमराज गुरुङ,लगायत रहनु भएको छ।

त्यसैगरी प्रदेश सदस्यमा मनोनय हुनेमा तारा लामागादे र जिल्ला सदस्यमा किशोर सुव्वा, कृपा नाथ श्रेष्ठ, भीम देवान, लोकराज निरौला, कुवेर गुरुङ मनोनयन गरीएको पोलिटव्युरो सदस्य धर्म निरौलाले जानकारी दिएकाछन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका नेता धर्मराज निरौलाले एमालेमा धेरै जना अझै पनि पर्ख र हेरको स्थितिमा रहेको भन्दै अब उक्त पार्टीमा कल्याण नहुने भएकोले ढिलो छिटो नेकपा एसको ब्यानरमा आउने बताए ।

उनले भने–त्यो पार्टीमा तपाईहरुको कल्याण हुदैन, ढिलो छिटो यही पार्टीको ब्यानरमा आउनुपर्छ, अहिले एमालेमा रहनुभएका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

नेता निरौलाले रेवतीरमण राई धेरै सिनियर नेता भएकोले प्रदेश कमिटीको लागि योग्य भएको तर अन्तरिम कालको लागि धरानको नेतृत्व सुम्पिएको बताए ।

100036328441049/videos/3262377173985498/

अध्यक्ष राईले संकटको बेला धरानको नेतृत्व गर्ने र पछि प्रदेश कमिटीमा व्यवस्थापन गरिने पनि निरौलाले बताए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि समेत रहेका केन्द्रीय पोलीटव्युरो सदस्य तथा प्रदेश १ अध्यक्ष बलदेव चौधरीले अवको निर्वाचनमा एमाले विरुद्ध मोर्चा गरेर लडने दावी गरे । उनले प्रतिगमनलाई अग्रगमनले परास्त गरेरै छाडने दावी समेत गरेकाछन् ।

final  photo

कार्यक्रममा अर्का पोलीटव्युरो सदस्य तथा सुनसरी इन्चार्ज महफुज अन्सालीले केपी ओलीको दम्भ र अहंकारले पार्टी धेरै समय नटिक्ने दावी गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा सुनसरी सह–इन्चार्ज जीवन राईले सञ्चालन गरेको सो कार्यक्रम भेला आयोजक समितिका संयोजक तथा केन्द्रीय सदस्य सुनसरी सह–इन्चार्ज शुष्मा राईको अध्यक्षताम सम्पन्न भएको थियो ।

कार्यक्रममा सुनसरी जिल्ला अध्यक्ष गोविन्द निरौला,सचिवालय सदस्य कैलाश अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic