आफ्नो राजनीतिक प्रतिवद्धता पुरा गर्दै कांग्रेस नेता–किशोर राई

  • माघ २९, २०७८
  • १,९४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ माघ ः नेपाली कांग्रेस धरानका प्रभावशाली नेता किशोर राईले चौधौं महाधिवेशनमा आफुले गरेको प्रतिवद्धता पुरा गर्न सकृय भएकाछन् ।

राईले महाधिवेशनमा पार्टी कार्यकर्ता माझ गरेको वचन पूर्ण रुपमा पालन गदैै पुरा गर्न सकृय भएका हुन् ।

राईले धरानका हरेक वडामा पार्टी कार्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए सोही अनुसार उनले धरानका सवै वडामा पार्टी कार्यालयको वोर्ड निर्माण गरी पार्टी सभापतिहरुलााई हस्तान्तरण गरेकाछन् ।

1 final

राजनीतिमा धेरै जसो छलछाम र ढाटको काम हुने भएकोले वोलेको कुरा पुरा गरेर देखाए मात्र जनताको विश्वास हुने तर्क गर्र्दै उनले आफुले गरेका वाचा पुरा गरेको प्रतिक्रिया दिएकाछन् ।

राईले वराहक्षेत्र नगरपालिकामा समेत कार्यकर्ताहरु माझ आफुले कार्यालयको लागि पार्टी कार्यालयको वोर्ड दिने प्रतिवद्धता गरेकोले पुरा गरेको समेत उनको भनाई थियो । विहिवार राईले वराह क्षेत्र नगरपालिकाको ११ वटै पार्टी सभापतिहरुलाई वोर्ड डायरी र वैठक पुस्तिका (माइन्युट वुक) हस्तान्तरण गरेका थिए ।

22 final

कार्यक्रममा वोल्दै प्रदेश १ का पूर्व प्रदेश प्रमु्ख गोविन्द सुव्वाले सवै एक भएर अघि बढनु पर्नेमा जोडदिदै अवको निर्वाचनमा कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने दावी समेत गरेका थिए ।

कार्यक्रममा वराहक्षेत्र नगर सभापति रमेश कार्कीले एक अर्कालाई सहयोगको भावनाको विकास भएर जानु खुशीको कुरा भएको वताउदै यस्तो सकारात्मक कुराको शिक्षा जसले ग्रहण गर्दा पनि हुने वताए । यसले थप सम्वन्धमा प्रगाढ वनाएको वताए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश समिति सदस्य गणेश परिवार लगायतको उपस्थिति रहेको थियो ।

2 final 3 final 4 final 8 final 7 final

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic