जनयुद्ध दिवसको अवसरमा धरानमा रक्तदान

  • फागुन १, २०७८
  • १,४२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ फागुन ः २७ औं जनयुद्ध दिवसको अवसरमा धरानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र घरान उपमहानगर समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रगत नपाएर अस्पतालमा छट्पटिने विरामीलावई सहयोग पुगोस् भन्ने उद्देश्यले दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

2 1

कोभिड–१९ कोरोना भाईरसका कारण स्वास्थ्य क्षेत्रमा देखिका समस्यलाई समधान होस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको धरान ३ का पार्टी वडाअध्यक्ष तथा रक्तदान कार्यक्रमको आर्थिक संयोजक मिङ्मा भोटेले जानकारी बताए ।

रक्तदान कार्यक्रम सोचे भन्दा राम्रो भएको र सोचे भन्दा बढी रगत संकलन भएको संयोजक भोटेले जानकारी दिए ।
१० वर्षे जनयुद्धको बलमा नेपालमा गणतन्त्र, लोकतन्त्र आएको नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य मुक्साम्हाङ मेन्याङबोले बताए ।

नेपाली जनताको बलीदानीका कारण नेपालमा गणतन्त्र , लोकतन्त्र आएको रक्तदान कार्यक्रममा बोल्दै मेन्याङबोले भने । फरक प्रशंगमा बोल्दै मेन्याङबोले भने नेपालमा अहिले चर्चामा रहेको मिलिनियाम च्यालेज करपुरेशन ( ःऋऋ) नेपालम पास गर्न नदिने पक्षमा नेकपा माओवादी केन्द्र रहेको छ ।

दिवस कार्यक्रमको अवसरमा शुभकामना दिदै मिलिनियाम च्यालेज करपुरेशन ९ ःऋऋ० नेपालमा पास गर्न नहुने पूर्व सांसद किरण राईले बताए । ‘राज्यलाई वैज्ञानिक समाजवाद तर्फ रुपान्तरण गर्नका निम्ति नयाँ ढंगबाट अघि बढ्न जरुरी छ । साथै विदेशी नाङ्गो हस्तक्षेपको बिरुद्धमा सबै एकजुट भएर काम गर्नु पर्छ ।

3

रक्तदान कार्यक्रममा १ सय १४ पिन्ट रगत संकलन भएको छ । संविधान सभा सदस्य किरण राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम गेल्बु शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सुवास खवासले संचालन गरेको कार्यक्रममा प्रदेश सांसद उमिता बराईली,नेकपा माओवादी पार्टीका नगर सदरुय फोकाहाङ चोत्लुङ, ३ नम्बर वडाकाअध्यक्ष मिङ्मा भोटे, यस्तै, धरान उपमहानगरपालिकाका वडा नम्बर १७ का वडाअध्यक्ष मनोज भट्टराई लगायत नेकपा नगर कमिटिका पदाधिकारी र धरानका संचरकर्मीहरुको उपस्थिती रहेको थियो ।

4 1 6 1 7 1 8 1 9 1 5 1

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic