कांग्रेसको संगठन सशक्तिकरण र सुदृढिकरण अभियान

  • फागुन १, २०७८
  • २,६३८ पटक पढिएको
  • छाल खबर
alt

 

छाल खवर
धरान,१ फागुन ः नेपाली कांग्रेसले पार्टी संगठन सशक्तिकरण र सुदृढिकरण अभियान वडावडामा गर्न शुरु गरेको छ । नेपालीकांग्रेस क्षेत्र नं. १, सुनसरीले क्षेत्र नं. १ अन्तर्गत पर्ने रामधुनी नगरपालिकाको वडा नं. ७ वाट अभियानको शुरुवात गरेको हो ।

कार्यक्रममा क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टी संगठनको सशक्तिकरण र सुदृढिकरण अभियान मार्फत कांग्रेस जनजनमाजागरण ल्याउन र संगठन विस्तारमा टेवा पुर्याउने उद्देश्यले अभियान वडागतरुपमा सञ्चालन गरिएको बताए ।

final  2

उनले संगठनलाई मर्यादित, अनुशासितबनाउने तथा जनता र कार्यकर्ताप्रतिपार्टीका स्थानीय नेतृत्वलाई जवाफदेही र उत्तरदायीबनाउंदै जनअपेक्षा र कार्यकर्ताको भावनाबमोजिम पार्टी गतिविधिगर्न तथा पार्टी र भातृ एवम् शुभेच्छुक संस्थाहरुलाई गतिशीलबनाई संगठनलाई विस्तार गर्न र चुस्तदूरुस्त राख्नअभियानले सहयोग पुग्नेविश्वास लिएको बताए ।

क्षेत्रीय सभापति तथा प्रदेश १(२) का सभापति मुरारी भट्टराईले पार्टीका नेताकार्यकर्ताहरुको बोलीव्यवहार शभ्यहुनुपर्ने, लोभलालचमानपर्ने भन्दै आगामी स्थानीयतहको निर्वाचनमाआफुले टिकट पाउंदामात्र खट्ने मनस्थिति हुनु नहुने र टिकट वितरण गर्दा नेतृत्वचुक्नु नहुने बताए ।

उनले रामधुनी ७ को पञ्चायानमाशान्ति सुरक्षाकालागिप्रहरी चौकी स्थापनागर्नुपर्ने बताए ।

रामधुनी नगर सभापति सुदिप अधिकारीले विगतमा माथिल्लो तहका पार्टी नेतृत्व वडा वडामा नआउंदाकांग्रेसको संगठन खस्केको बताए । उनले एमसीसीलगायतको राष्ट्रिय मूद्दामा कांग्रेस स्पष्ट हुनुपर्ने बताए ।

महाधिवेशनप्रतिनिधिममतातामाङले केन्द्रीय नेताले हरेक मूद्दाहरुमा सुझबुझपूर्ण निर्णय गर्नुपर्ने बताए ।

पूर्व जिल्ला सदस्य रामराजमहतले पहिलो पटक पार्टी नेताहरु यसरी शुद्धिकरणको कार्यक्रमलिएर वडावडामा आएको भन्दै यस्ता कार्यक्रमहरुले निरन्तरतापाउनुपर्ने बताए ।

उनले आगामी स्थानीयतहको निर्वाचनमाउम्मेदवार छनौट गर्दा पैसाको आधारमानभई लोकप्रियता, क्षमता, इमान्दारीता र योगदानको आधारमा छनौट गर्नुपर्ने बताए ।

क्षेत्रीय सचिव केशव पुरीले कार्यकर्ताको सही मूल्यांकन गरी अवसर प्रदानगरिनुपर्ने बताए ।

प्रदेश प्रतिनिधि सरिताचौधरीले संगठन गर्नुका साथसाथै टोल र बस्तीका जनताहरुको समस्या समेत पहिचान गरी त्यसको समाधानगर्न पहलगर्नुपर्ने बताए ।उनले बक्लौरी १ र २ खानेपानीको अभाव रहेको र खोला नियन्त्रणमा ध्याननपुगेको बताए ।

रामधुनी ७ का वडा सभापतिजगतबहादुर राईले पार्टी नेतृत्वहरु गाउं वस्तीमा आउंदा आफुहरुलाई हौसला र उर्जा मिलेको भन्दै गठन गर्न बांकी टोल समितिहरु गठन गर्ने, भातृ तथाशुभेच्छुक संस्थाहरुलाई चलायमानबनाउने, वडाका बस्तीहरुमा घुम्ती बैठक बस्ने, नियमित रुपले बैठक बस्ने र विविधकार्यक्रमहरु गरिने बताए ।

स्थानीयविकास निर्माणका योजनाहरु लिएर डेलिगेशनजाने समेत उनले बताए ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्नकार्यक्रमको सहजिकरण तथा सञ्चालन क्षेत्रीय सहसचिव सुमित राईले गरेका थिए भने टिपोट क्षेत्रीय सहसचि भोजराज न्यौपानले गरेका थिए ।

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic