प्रहरीको ज्यादतिप्रति प्रेस संगठनको आपत्ति

  • फागुन ८, २०७८
  • १,१०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,८ फागुन ःनेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, समाजवादी प्रेस संगठन नेपालका संस्थापक तथा लेखा आयोगका संयोजक, नेपाल फेस डटकमका प्रधान सम्पादक माधव पौडेललाई प्रहरीले गरेको ज्यादति प्रति समाजवादी प्रेस संगठन केन्द्रीय समितिले आपत्ति जनाएको छ ।

प्रहरीले समाचारलाई पुष्टि गर्ने क्रममा गरिएको फोनका विषयलाई लिएर ‘शान्ति सुरक्षा भङ्ग’ गरेको जाहेरी लिई महानगरीय प्रहरी परिसर ललितपुरले रातको समयमा प्रहरी कार्यालयमा बोलाएको विषयमा प्रेस संगठनले आपत्ती जनाएको हो ।

प्रधान सम्पादक पौडेललाई समाचारको विषयलाई लिएर आकृति रायमाझी नामक महिलालाई मोबाइल फोनमा सम्पर्क गर्नु भई प्रतिकृया माग्नुभएकोमा जिज्ञासा जवाफ दिनुको सट्टा निज महिलाले प्रहरीमा ‘शान्ति सुरक्षा भङ्ग’ गरेको उजुरी गरेको आधारमा २०७८ फागुन ८ गते शनिवार बेलुका राती महानगरीय प्रहरी परिसर ललितपुरले सोधपुछका लागि मौखिक रुपमा बोलाएको छ ।

पत्रकारले समाचारको संकलन तथा सम्प्रेषणका सिलसिलामा समाचारसँग सम्बन्धित व्यक्तिको प्रतिक्रिया लिन पाउनु उसको निर्विवाद अधिकार हो विज्ञप्तिमा भनिएको छ ।

आफ्ना बारे उठेको प्रश्नको जवाफ दिनुको सट्टा प्रहरी सेवाको दुरुपयोग गर्दै उजुरी गर्नु अनुचित क्रियाकलाप भएको संगठनले ठहर गरेको छ ।

समाजवादी प्रेस संगठनका केन्द्रीय महासचिव भूपराज खड्काले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दैै प्रहरीले व्यक्तिलाई प्रश्न गरेको नाममा उल्टै पत्रकारलाई सोधपुछका लागि भनी रातको समयमा बोलाउनुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रुपमा लिँदै यस्तो कार्य प्रति संगठन खेद व्यक्त गर्दछ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी गतिविधि बन्द गर्न समेत अपिल गरेकाछन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic