प्रहरीको ज्यादतिप्रति प्रेस संगठनको आपत्ति

  • फागुन ८, २०७८
  • १,०७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,८ फागुन ःनेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, समाजवादी प्रेस संगठन नेपालका संस्थापक तथा लेखा आयोगका संयोजक, नेपाल फेस डटकमका प्रधान सम्पादक माधव पौडेललाई प्रहरीले गरेको ज्यादति प्रति समाजवादी प्रेस संगठन केन्द्रीय समितिले आपत्ति जनाएको छ ।

प्रहरीले समाचारलाई पुष्टि गर्ने क्रममा गरिएको फोनका विषयलाई लिएर ‘शान्ति सुरक्षा भङ्ग’ गरेको जाहेरी लिई महानगरीय प्रहरी परिसर ललितपुरले रातको समयमा प्रहरी कार्यालयमा बोलाएको विषयमा प्रेस संगठनले आपत्ती जनाएको हो ।

प्रधान सम्पादक पौडेललाई समाचारको विषयलाई लिएर आकृति रायमाझी नामक महिलालाई मोबाइल फोनमा सम्पर्क गर्नु भई प्रतिकृया माग्नुभएकोमा जिज्ञासा जवाफ दिनुको सट्टा निज महिलाले प्रहरीमा ‘शान्ति सुरक्षा भङ्ग’ गरेको उजुरी गरेको आधारमा २०७८ फागुन ८ गते शनिवार बेलुका राती महानगरीय प्रहरी परिसर ललितपुरले सोधपुछका लागि मौखिक रुपमा बोलाएको छ ।

पत्रकारले समाचारको संकलन तथा सम्प्रेषणका सिलसिलामा समाचारसँग सम्बन्धित व्यक्तिको प्रतिक्रिया लिन पाउनु उसको निर्विवाद अधिकार हो विज्ञप्तिमा भनिएको छ ।

आफ्ना बारे उठेको प्रश्नको जवाफ दिनुको सट्टा प्रहरी सेवाको दुरुपयोग गर्दै उजुरी गर्नु अनुचित क्रियाकलाप भएको संगठनले ठहर गरेको छ ।

समाजवादी प्रेस संगठनका केन्द्रीय महासचिव भूपराज खड्काले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दैै प्रहरीले व्यक्तिलाई प्रश्न गरेको नाममा उल्टै पत्रकारलाई सोधपुछका लागि भनी रातको समयमा बोलाउनुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रुपमा लिँदै यस्तो कार्य प्रति संगठन खेद व्यक्त गर्दछ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी गतिविधि बन्द गर्न समेत अपिल गरेकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic