कांग्रेस सुनसरी क्षेत्र नं. १ (१) को प्रवक्तामा युवराज शंकर

  • फागुन ९, २०७८
  • ५,९५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ फागुन ः नेपाली काङ्ग्रेस प्रदेशसभा सुनसरी क्षेत्र नं. १ (१) क्षेत्रीय समितिको प्रवक्ताको जिम्मेवारी युवराज शङ्करले पाएकाछन् ।

आइतबार पार्टी कार्यालयमा विभिन्न विभागको जिम्मेवारी बाँडफाड गर्नेक्रममा पार्टीले प्रवक्ताको जिम्मेवारी शङ्करले पाएका हुन् ।

उनी समितिका निर्वाचित सचिव हुन् । उनलाई प्रवक्ता साथै शान्ति सुरक्षा तथा प्रशासन विभागको संयोजकको जिम्मेवारी पनि दिइएको छ ।

अन्तरपार्टी सम्पर्क विभागको संयोजक प्रदिप शाक्य, कृषि तथा सहकारी विभागको संयोजक झुमादेवी राई चयन भएका छन् ।

सङ्गठन विभागमा संयोजक राजेन्द्र राई, भातृ सङ्गठन विभागमा हरिप्रसाद ओझा, स्वास्थ्य विभागमा रमिता श्रेष्ठ, आर्थिक विभागमा रमिना सुब्बाले पाएकीछिन् ।

त्यसैगरी अव्यवस्थित बसोबास बस्ति संरक्षण विभागमा डम्बरबहादुर राई (सुवास), महिला विभागमा कुसुम लता ओली, तरुण विभागमा किरण राई, युवा तथा खेलकुद विभागमा रोशन रेग्मी, सुभेच्क्षुक संस्था समन्वय विभागमा मञ्जिल कसजु, शिक्षा विभागमा रविन आचार्य, जनप्रतिनिधि समन्वय विभागमा रहिसा कसजु, श्रमिक तथा ट्रेड युनियन विभागमा रमेश बस्नेतलाई दिइएको पार्टीले जनाएको छ ।

त्यस्तै वन, वातावरण तथा विपद व्यवस्थापन विभागमा खगेन्द्र देवान, मारवाडी समुदाय समन्वय विभागमा नरेश अग्रवाल, मुस्लिम समुदाय समन्वय विभागमा औसाद आलम, पेशागत तथा बुद्धिजिवी समन्वय विभागमा बिद्या शाक्य र संस्कार संस्कृति संरक्षण विभागमा विष्णु मोक्तानलाई जिम्मेवारी दिइएको पार्टी प्रवक्त शंकरले जानकारी दिएकाछन् ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic