प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक सम्पन्न

  • फागुन १०, २०७८
  • २,४८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० फागुन ःप्रदेश नंं. १ सरकारले प्रदेश नामकरणका लागि मंगलबार सर्वदलीय बैठक गरेको छ ।

पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितको सर्वदलीय बैठक मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको हो ।

प्रदेश नं.१ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्ने क्रममा बोलाइएको बैठकको अध्यक्षता मुख्यमन्त्री राजेन्द्रकुमार राईले गर्नुभएको थियो ।

Photo-2 final

बैठकको सञ्चालन स्वास्थ्य मन्त्री जयराम यादवले गर्नुभयो ।

मन्त्री यादवलाई गत माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नामकरणका लागि समन्वय तथा सहजीकरण गर्ने कामको जिम्मेवारी दिएको थियो ।

सोहीबमोजिम सर्वदलीय बैठक आह्वान गएिको मन्त्री यादवले बताउनुभयो ।

बैठकमा बोल्दै प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं. १ को नामकरणको मुख्य जिम्मेवारी व्यवस्थापिकाको भए पनि सरकारका तर्फबाट सहजीकरणको सुरुवात गरिएको बताउनुभयो ।

उहाँले प्रदेशको नाम टुंगो लगाउने सवालमा सत्तापक्ष र प्रतिपक्ष भनेर विभाजित हुन आवश्यक नभएको धारणा व्यक्त गर्नुुभयो ।

सर्वदलीय बैठकमा नेकपा एमालेका तर्फबाट प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, नेपाली कांग्रेसका प्रदेश समिति सभापति उद्धव थापा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले आ–आफ्ना दलका तर्फबाट धारणा राख्नुभयो ।

त्यस्तै बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. १ इञ्चार्ज घनेन्द्र बस्नेत, नेपाली कांग्रेस प्रदेश नं. १ संसदीय दलका नेता राजीव कोइरालाले पनि बोल्नुभएको थियो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic