व्रदर्स क्लव तरहरा,हराइजन र हाम्रो कलेक्सन विजयी

  • फागुन १२, २०७८
  • १,२३३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ फागुन ः धरानमा जारी दोस्रो अशोक बास्फोर स्मृति रनिङ्ग बास्केटबल प्रतियोगिता २०७८ को तेस्रो दिनको ४ खेलमा ब्रदर्स क्लब, तरहरा, हराईजन र हाम्रो कलेक्सनले जित हासिल गरेका छन्।

वुधवार भएको पहिलो खेलमा ब्रदर्स क्लबले आयोजक बेलबारी क्लबलाई ७१ ( २४ स्कोर ले पराजित गर्यो। ब्रदर्स क्लबले प्रत्येक क्वाटर १५(१६(१८(२२ अंक जोड्दा बेलबारी क्लबले २(१४(३(५ अंक मात्र जोड्न सफल भयो।

खेलमा सर्बाधिक स्कोर ब्रदर्स क्लबका सुजन राईले व्यक्तिगत २२ स्कोर गरे।

तरहरा क्लब र बिर्तामोड क्लबको दोस्रो खेलमा झिनो अन्तरले तरहरा बिजयी बन्यो। तरहराले १४(११(८(१८ गरि ५१ अंक जोड्दा बिर्तामोडले १२(८(१४(१६ स्कोर गरि ५० अंक सफल भयो।

खेलमा सर्बाधिक स्कोर बिर्तामोड़ क्लबका जेनिश सिङ्गले २२ स्कोर गरे पनि बिजयी हुनलाई पर्याप्त बनेन।

हराईजन क्लबका सुदिप राईले व्यक्तिगत २३ स्कोर गर्दा हराईजन क्लबले आयोजक डाइनामिक युथ क्लबलाई ६२(४२ अंकले पराजित गर्यो। हराईजन क्लबले प्रत्येक क्वाटर १६(१३(१९(१४ स्कोर गर्दा डाइनामिक युथ क्लबले ९(११(१२(१० अंक जोड्न सफल रह्यो।

आज भएको अन्तिम खेलमा हाम्रो कलेक्सनले यलम्बर क्लबलाई ६१(३०को जित निकालेको छ। हाम्रो कलेक्सनले १६(१८(१२(१५ स्कोर र यलम्बर क्लबले २(११(६(११ स्कोर गर्यो। खेलमा सर्बाधिक स्कोर हाम्रो कलेक्सनका विवेक मणि श्रेष्ठले २१ स्कोर गर्न सफल भए।

चौथो दिनको खेल ब्रदर्स क्लबका विरुद्ध बिर्तामोड क्लब, द मिराकलका विरुद्ध तरहरा बास्केटबल क्लब, हराईजन क्लबका विरुद्ध हाम्रो कलेक्सन र युवा जागृति विरुद्ध यलम्बर क्लब हुनेछ। खेल एक साता भर वी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको खेलमैदानमा संचालन हुनेछ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic