बराहक्षेत्रमा निःशुल्क आधारभूत पत्रकारिता र उद्घोषण तालिम 

  • फागुन १५, २०७८
  • २,१०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ फागुन ः प्रेस सेन्टर नेपाल सुनसरीले बराहक्षेत्रमा निःशुल्क आधारभूत पत्रकारिता र उद्घोषण तालिम सम्पन्न गरेको छ ।

प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा बराहक्षेत्रमा शुक्रबार र शनिवार गरी २ दिने आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम दिइएको हो ।

सेन्टरका सुनसरी सचिव तथा तालिम संयोजक अच्युत भट्टराईका अनुसार नगर क्षेत्रभरीबाट ३३ जनाले तालिममा सहभागीता जनाएकाछन् ।

तालिममा मासमा कसरी बोल्ने, स्टेज कार्यक्रम कसरी चलाउने, आत्माबिश्वास कसरी बढाउने, माइक्रो फोनको प्रयोग कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिएकोे सेन्टरका जिल्ला अध्यक्ष एबम तालिमका सहजकर्ता तिर्थ कार्कीले जानकारी दिए ।

नया युवा पत्रकार उत्पादन गर्ने उद्देश्यले आधारभूत तालिमको आयोजना गरेको कार्कीको भनाई रहेको छ ।

तालिमको उद्घाटन सेन्टरका केन्द्रीय सदस्य एबम् नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राई प्रमुख अतिथी रहेका थिए ।

तालिम निकै फलदायी एवम् उपलब्धीमुलक भएको सहभागी तिर्थराज घिमिरेको भनाई रहेको छ । यस अघि पनि सेन्टरले गत माघ (६ देखि १०) गते सम्म धरानमा ५ दिने आधारभूत निःशुल्क पत्रकारिता तालिम संचालन गरेको थियो ।

सो तालिममा सहभागीता भएका प्रशिक्षार्थीहरु अहिले सुनसरीको विभिन्न मिडियामा कार्यरत रहेका छन् ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic