लैङ्गिक समानतायुक्त राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस –सभामुख भण्डारी

  • फागुन २४, २०७८
  • २,०९६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ फागुन ः अन्तराष्ट्रिय नारि दिवसको अवसरमा प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले शुभकामना व्यक्त गर्नु भएको छ ।

महिला मुक्तीका निमित्त महिला सशक्तिकरणको अभियानलाई सशक्त बनाउदै लैगिक, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक, आर्थिक जस्ता विविध क्षेत्रहरुमा भएको शोषण, दमन र विभेद र अमानवीय व्यवहारहरु विरुद्ध अभियानका रुपमा मनाउदै आएको छ ।

“सामाजिक न्याय र लैंगिक समानताः दिगो किासको सुनिश्चितत” भन्ने राष्ट्रिय संकल्पका साथ १२२ औं अन्तराष्ट्रिय नारि दिवस मनाउदै गर्दा महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरूलाई स्मरण गर्दै यस दिनले सबै प्रकारका हिँसाहरुको अन्त्य गर्ने प्रेरणा प्रदान गर्ने उहाँले बताउनु भएको छ ।

press re

ूपरिवर्तित राजनितिक प्रणालीको अभ्यास गरिरहेको सन्दर्भमा महिलाको हक अधिकार सुनिश्चित गर्न संविधानमा गरिएका संवैधानिक, कानुनी र संरचनागत व्यवस्थाहरूको कार्यान्वयन हुने क्रममा राज्यका निकाय तथा सार्वजनिक क्षेत्रमा महिलाको सहभागितामा भएको उल्लेख्य वृद्धिले महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक भूमिका थप प्रभावकारी हुँदै आएको छ ।आज उहाँले जारी गर्नु भएको सन्देशमा भनिएको छ ।

यस दिवसले नेपालको संविधानले गरेको व्यवस्था र अन्तर्राष्ट्रिय मञ्चहरूमा व्यक्त गरेका प्रतिबद्धताहरू पुरा गर्न साथै सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ ।

 

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic