आक्रमण रुपमा संगठन विस्तार गर्दै नेकपा एस धरान–५ अध्यक्षमा दिलकुमारी लिम्बू

  • फागुन ३०, २०७८
  • ३,०५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० फागुन ः नेकपा (एकीकृत समाजवादी) ले आफ्नो सससससंगठन विस्तारलाई तिव्रता दिएको छ ।
तिव्र्रता दिनेक्रममा धरान–५ मा वडा कमिटी गठन भएको छ ।

भेलाले दिलकुमारी लिम्बूको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा रत्नमाया तामाङ, सचिवमा अस्मिता वनेम, उपसचिवमा महानन्द लिम्बू रहेका छन ।

वडा भेलाबाट गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई धरान अध्यक्ष रेवतीरमण राईले पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै पार्टीको झण्डा र माइन्युट हस्तान्तरण गरेका थिए ।

2

भेलामा धरान उपमहानगर कमिटीका उपाध्यक्ष पदमा सुब्बा, सचिव खेमराज दाहाल, उपसचिव स्वर्णिमहाङ फम्बो, जिल्ला सदस्यहरु लोकनाथ निरौला, नन्द सिह श्रेष्ठ, सूर्य राई लगायतको उपस्थिति रहेको थियो ।

उपसचिव अमृता रामदामले धरानका सवै वडामा पार्टी र जनवर्गीय संगठनका वडा तथा टोल कमिटी बनाउने अभियानलाई अझ प्रभावकारी बनाउँदै उपमहानगर क्षेत्रमा न्युनतम ५ हजार पार्टी सदस्य बनाउने लक्ष्य लिएर जनतामाझ पुगेको बताइन् ।

नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सुनसरीको धरानमा पार्टी संगठनका बारेमा चासो दिएपछि धरानका नेकपा एसका नेता कार्यकर्ताहरुले सशक्त संगठन निर्माण अभियान व्यापक बनाउन थालेका छन् ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic