फागुपुर्णिमाले हाम्रो जीवनमा खुशीको रङ्ग छर्न सफल रहोस - सभामुख प्रदीपकुमार भण्डारी

  • चैत ३, २०७८
  • ६२० पटक पढिएको
  • छाल खबर
alt

छाल खबर

धरान चैत्र ३ ः प्रदेश नं। १ का सभामुख प्रदीपकुमार भण्डारीले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाले शुभकामना ससन्देश जारी गर्दै ससससहिमाल पहाड तराइँलाई एकताको सुत्रमा बाँध्दै आपसी भातृत्व, सद्भाव र सहिष्णुता कायम गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

उहाले पर्वको रुपमा स्थापित फागुपूर्णिमाले विविध संस्कृतिहरूको इन्द्रेणीको रूपमा रहेको हामी नेपालीहरू बीच आपसी सद्भाव¸ सहिष्णुता¸ आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास समेत सव्यक्त गर्नु भएको छ ।

फागु पुर्णिमाको अवसरमा शुभकामना दिदै सभामुख भण्डारीले यो पर्व विविध संस्कृतिहरूको इन्द्रेणीको रूपमा रहेको उल्लेख गर्दै शुद्धता, पवित्रता, सौभाग्य, शक्ति तथा प्रेमको प्रतिक रातो रङ्ग, भक्ती, धर्मको प्रतिक पहेलो रङ्ग, प्राण, जीवनशक्ति तथा मार्मिकताको प्रतिक हरियो रङ्ग अनि धर्म युद्ध, कर्तव्य तथा जिम्मेवारीबोधको प्रतिक निलो रङ्गहरुको प्रयोग गरेर शरद ऋतुलाई विदाई गर्दै वसन्त ऋतुको आगमन सँगै मनाईने फागुपुर्णिमाले हाम्रो जीवनमा खुशीको रङ्ग छर्न सफल रहोस भन्ने कामना गर्नु भएको छ ।

क्षमा गरौं हाँसौं हसाऔं प्रेमपूर्वक जीवन बिताऔं भन्ने सन्देश दिने सबै नेपालीको साझा पर्वको रुपमा विकसित रङ्गहरूको पर्व फागुपूर्णिमाले हामी बिच एकता, भाईचारा, सहिष्णुता र सद्भाव कायम गर्दै मुलुकको विकास समृद्धिका निमित्त सबै खाले स्वार्थ भन्दा माथी उठेर साझा सहमती तथा एकता साथ अगाडी बढ्ने प्रेरणा प्रदान गर्ने उहाँले बताउनु भएको छ ।

सभामुख भण्डारीले दिएको शुभकामना सन्देशमा असत्य माथी सत्य, हिंसा माथी सद्भाव, घृणा माथी प्रेम, क्रुरता माथी शालिनताको विजयोत्सवको रुपमा मनाईने रङ्गहरुको पर्व फागुपुर्णिमाले आपसी राग, द्धेष, मनोमालिन्य समाप्त गरेर सबै नेपालीलाई एकताको सुत्रमा जोड्ने विश्वास व्यक्त गरिएको छ ।

pradip

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic