माओवादी केन्द्र धरानको अध्यक्षमा भट्टराई निर्वाचित धरानलाई एमाले र कांग्रेससँग प्रतिस्पर्धा गर्ने पार्टी वनाउने प्रतिवद्धता

  • चैत ८, २०७८
  • ९,३६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ चैत ः नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीको सोमवार भएको निर्वाचनबाट सुर्यबहादुर भट्टराई (मनोज) अध्यक्ष पदमा निर्वाचित भएकाछन् ।

अध्यक्षमा विजयी भटट्राईले ३५ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी उद्धवबहादुर लिम्बुले ३० मत पाएका थिए भने अध्यक्षका अर्का उम्मेदवार सिपी बजगाईले २ मत पाएका थिए ।

भट्टराई धरान १७ का वडाध्यक्ष समेत हुन । माओवादी केन्द्रको तर्फबाट जनप्रतिनिधि निर्वाचित हुने भट्टराई मात्र हुन ।

यस्तै, खुला दुई उपाध्यक्षतर्फ सर्वजित राईले सर्वाधिक ४७ मत पाएर विजयी भएका थिए भने सम्फर तामाङले ३२ मत पाई विजयी घोषित भएका थिए ।

सचिव पदमा विदुर महतले ३६ मत पाएर विजयी घोषित भए भने उनका निकटतम प्रतिद्धन्दी चेतना श्रेङले ३० मत पाएकी थिइन ।

महिला उपाध्यक्षमा मनिता राई (जाइर्का) सहसचिवमा खेम रनपहेली र कोषाध्यक्ष लिलाबहादुर प्रधान निर्विरोध निवार्चित भएको प्रमुख निर्वाचन अधिकृत केषव घिमिरेले जानकारी दिएकाछन् ।

नवनिवार्चित पदाधिकारीहरुलाई केन्द्रीय सदस्य किरण राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । गत पुष ९ गते भएको सम्मेलनले ८१ सदस्यीय नगर कमिटी चयन गरेपनि पदाधिकारीहरु भने चयन भएको थिएन ।

शपथ ग्रहण पछि प्रतिक्रिया दिदै नव निर्वाचित अध्यक्ष भट्टराईले माओवादी पार्टीलाई एकढिक्का बनाउदै धरानमा एमाले, कांग्रेससँग प्रतिस्पर्धा गर्न सक्ने सक्षम पार्टी वनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

पार्टीलाई विधि, विधान, प्रक्रिया, पद्दती अनुसार चलाउन सबैलाई साथ लिएर अघि बढने समेत थप प्रतिवद्धता जनाएकाछन् ।

उनले पार्टीलाई मजवुत वनाउनेमा आसावादी रहेको कार्यकर्ताहरुको विश्वास रहेको छ ।

 

पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो

छाल खवर धरान,१जेठः सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केवलकार निर् ...

रास्वपाका सभापति एमालेमा

छाल खवर धरान,१ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रावाबेँसी गाउँप ...

तरुण दल सुनसरी १ मा अजय राई

छाल खवर धरान,३१ वैशाखः नेपाली कांग्रेस पार्टीको युवा संगठन नेपाल तरुण दल सु ...

भारत र पाकिस्तानबीच आज वार्ता

छाल खवर धरान,२८ र्वैशाखः भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज दिउँसो १२ बज ...

हिविस्कस वोडिङ स्कुलद्धारा साकेला नाच वारेमा जानका

छाल खवर धरान,२७ वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले विद्यार ...

खाली पेटमा खान नहुने ६ खानेकुरा, के हुन्छ असर 

डा. अमृत भण्डारी आयुर्वेदिक चिकित्सक स्वस्थवर्द्धक खानेकुरा पनि उचित मात् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic