धरानमा नेकपा एस गाउ पस्दा एमाले छाडनेको भिड  चार नम्बरको दानावारीमा जय तामाङ अध्यक्षमा चयन

  • चैत १२, २०७८
  • २,६१४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ चैतः नेकपा (एकिकृत समाजवादी)ले धरानमा आफ्नो संगठन विस्तारलाई वित्र रुपमा अघि वढाएको छ । यतिवेला केन्द्र देखि गाउ गाउका नेता कार्यकर्ताहरु संगठन निर्माण अहोरात्र खटिएकाछन् ।

एकिकृत समाजवादीले शनिवार धरान ४ स्थित दानावारीमा टोल कमिटी निर्माण गरेको छ । एमालेको पकड वडा मानिने यो वडामा समाजवादीले यस अघि तेलनपुर ढाडेमा सिंगो गाउ नै समाजवादीमा समाहित गरीसकेको छ ।

दुईसातादेखि वडा तथा टोल वस्तीमा संगठन निर्माण अभियान मा जुटेको समाजवादीले निकै प्रभाव जमाउन थालेको छ ।

संगठन निर्माण अभियान लिएर टोल वस्तीमा पुग्दा नेकपा एकिकृत समाजवादीको पक्षमा स्थानीय तहमा स्थानीयवासीको हौसलापूर्ण सहभागीता र आर्कषण हुुने गरेको केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज तथा सुनसरी क्षेत्र क संयोजक शुष्मा राईको भनाई रहेको छ ।

भेलाले धरान ४ स्थित हर्दिया र दानावारी स्थित टोल वस्तीमा रहेका स्थानियहरुको भेलाले जय तामाङको अध्यक्षतामा नेकपा एकिकृत समाजवादीको टोल कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा प्रकाश राई, सचिवमा मणि कुमार राई, उपसचिव सीता मगर चयन भएका छन ।

नेकपा एसकी केन्द्रिय सदस्य तथा सुनसरी सहइन्चार्ज शुष्मा राईले पद तथा गोपनियताको सपथ ग्रहण गराउदै नेकपा एकिकृत समाजवादी अन्य दल भन्दा फरक भएकाले जनताका समस्या प्रति संवेदनशिल बन्दै विकास र समृद्धीका लागि प्रतिवद्ध रहेको बताइन ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज जीवन राई विशेष अतिथि रहेका थिए । जिल्ला सदस्य तथा धरान नगर इन्चार्ज किशोर सुव्वा,जिल्ला सदस्य, गोविन्द वि.क. लगायतको उपस्थिति रहेको थियो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic