धरानको मेयरमा एमालेबाट पूर्व मेयर सहित ११ जना र उपमेयरमा ६ जना आकांक्षीहरुको नाम सिफारिस

  • चैत २७, २०७८
  • ७,५५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ चैत ः नेकपा एमाले धरान नगर कमिटीले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मेयर उपमेयर पदका लागि आकांक्षीहरुको नाम सिफारीस गरेको छ ।

धरान उपमहानगरपालिकको मेयरमा ११ जना आकांक्षीहरुको नाम माथिल्लो कमिटीलाई सिफारिस गरेको हो ।

पार्टीले दिएको जानकारी अनुसार आइतवार बसेको उपमहानगर कमिटीको पूर्ण बैठकले मेयर पदमा पूर्व नगर प्रमुख मनोज कुमार मेन्याङ्बो,वर्तमान उपप्रमुख मन्जु भन्डारी,उप निर्वाचन २०७६ का प्रत्याशी प्रकाश राई, मीन सुब्बा,विजय राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, नारायण सुबेदी, राजमणी निरौला र तिर्थ मास्केको नाम सिफारिस गरिएको छ ।

मेयरमा सिफारिश हुने उम्मेद्वारका आकांक्षीहरु मध्ये भण्डारी पार्टीको केन्द्रीय सदस्य हुन भने मनोजकुमार मेन्याङ्बो, पूर्व नगर प्रमुख हुन भने पार्टीको प्रदेश कमिटी सदस्य हुन ।

त्यसैगरी अर्का आकांक्षी प्रकाश राई उप निर्वाचन ३०७६ मा पराजित उमेद्वार हुन भने पार्टी जिम्मेवारीमा भने प्रदेश सदस्य हुन । अर्का आकांक्षी मिनकुमार सुव्वा पूर्व नगर उपप्रमुख हुन भने पार्टीको सुनसरी क्षेत्र नं १ का अध्यक्ष हुन ।

यता संचारकर्मी किशोर कुमार कार्की पनि नगर प्रमुखको लागि सिफारीस भएकाछन् । कार्की पार्टीको प्रदेश कमिटी सदस्य तथा नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य एवम् पूर्वाञ्चल उपाध्यक्ष समेत हुन ।

सिफारीस भएकाहरुमा प्रदेश सदस्य विजय राई, मोतिराज सुनुवार, दोर्पध्वज राई रहेकाछन् ।

यस्तै, जिल्ला सदस्य तथा धरान नगर इन्चार्ज नारायण सुवेदी, जिल्ला सदस्य राजमणी निरौला जिल्ला कमिटी सदस्य र पूर्व जिल्ला कमिटी सदस्य तीर्थ मास्के रहेकाछन् ।

धरानमा गठवन्धन गरेर निर्वाचनमा जाने तयारी भइरहेको छ । यस अवस्थामा आकांक्षी मध्येबाट पूर्व नगर प्रमुख मनोज कुमार मेन्याङ्वोको बलियो उमेद्वार हुने पार्टीको आन्तरीक मुल्याङ्कन रहेको वुझीएको छ ।

मेन्याङ्वोले धरानलाई राम्ररी वुझेको र विगत १० वर्षसम्म जनप्रतिनिधी भएर काम गरेकोले नगरपालिका हाक्न सक्ने क्षमता समेत भएको हुदा वलियो संभावना रहेको स्रोतको दावी रहेको छ ।

धरानको लोकप्रिय व्यक्तित्व भएकोले पनि उनलाई उठाउदा चुनावी परीणाम आफ्नो पक्षमा आउने एमालेको आन्तरीक मुल्याङ्कन रहेको छ ।

त्यसैगरी नगर प्रमुख तारा सुव्वाको निधनपछि केही समय कार्यवाहक नगर प्रमुख चलाएको लोकप्रिय, युवा महिला पार्टीको केन्द्रीय समेत भएकोले मञ्जु भण्डारी समेत उतिकै संभावना रहेको वुझिएको छ । केन्द्रमा समेत वलियो पकड रहेकोले पनि उनलाई केन्द्रले टिकटका लागि सिफारीस गर्न सक्ने संभावना रहेको छ ।

यसैगरि, उपमेयरमा जिल्ला सदस्य पदम इस्वो, शुसिला पहाडी, लहरु जिमी, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राईको नाम सिफारिश गर्ने निर्णय भएको धरान उपमहानगर अध्यक्ष हर्कजंग एभेङले जानकारी दिएकाछन् ।

उपमहानगरको हकमा जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रले उम्मेद्वार छनोट गर्ने प्रावधान एमालेले बनाएको छ । जिल्ला, प्रदेशले नाम छाटकाट गरेर तीन जनाको केन्द्रमा पठाउने छ ।

एमालेले धरानमा उपनिवाचनमा गुमेको वामपन्थिको विरासत फर्काउने गरी तयारी गरीरहेको छ । तर सत्ता गठवन्धन हुने अवस्थाले भने निर्वाचन परिणाम हात पार्न फलामको चिउरा चपाउन सरह हुने केही थरीको विश्लेषण रहेको छ । तर संगठन वलियो भएकोले पनि केही मेहनत गर्दा विजय हासिल गर्न सकिने पार्टीको आन्तरीक विश्लेषण रहेको छ ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic