जनता समाजवादी पार्टी धरानद्वारा ११२१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा

  • वैशाख ६, २०७९
  • ४,०७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ वैशाख ःजनता समाजवादी पार्टी धरान उपमहानगर समितिले केन्द्रीय सदस्य भीम राईको संयोजकत्वमा ११ सय २१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरेको छ ।

आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि समाजवादीले सो समिति घोषणा गरेको हो ।

सोमवार धरान–१५ चुम्लुङ हिममा भएको भेलाले आगामी स्थानीय तह निर्वाचनलाई सफल बनाउन भन्दै धरानमा रहेका पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश समिति सदस्यहरु, राष्ट्रिय समिति सदस्यहरु, जिल्ला समिति सदस्यहरु, नगर समिति, युवा समिति, विद्यार्थी समितिहरु निर्वाचन परिचालन समितिमा रहने नगर अध्यक्ष ताजुप लिम्बूले जानकारी दिएकाछन् ।

घोषणा सभामा बोल्दै प्रमुख अतिथी युवराज कार्कीले चुनाव पार्टीको लागि उत्सव भएको बताए ।

पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक भीम राईले गठबन्धनका अगाडि एमालेले चुनाव जित्छु भन्ने सपना नदेख्दा हुने बताए ।

केन्द्रीय सदस्य दीपक मेन्याङ्बोले जनता समाजवादी पार्टीले पार्टीमा स्वच्छ छवि भएका सबै नेता कार्यकर्ता रहेको दाबी गरे ।

केन्द्रीय समिति सदस्य तथा शिल्पी विशेष प्रदेश समिति अध्यक्ष दलमर्दन कामीले देशमा सबै जाति समुदाय रहेको भन्दै समानुपातिक समावेशीमा खस आर्यसहितको शिल्पी दलितको पनि समान सहभागिता रहनुपर्छ भनेर आवाज उठाएको बताए ।

केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष जेन्टल लावतीले जनता समाजवादी पार्टी वैकल्पिक शक्तिको रुपमा अघि बढेको बताए ।

किरात राष्ट्रिय समिति सचिव मानभगत चाम्लिङ धरानमा गठबन्धनको कुरा उठिरहेको छलफल भइरहेको भन्दै गठबन्धन नभए पनि जनता समाजवादी पार्टी एक्लै भए पनि चुनावमा जाने बताए ।

कार्यक्रम सचिव सम्भु राई पृथकले सञ्चालन गरेको घोषणा सभामा उपाध्यक्ष विणापुमा राईले स्वागत मन्तव्य दिएकी थिइन् ।

गठवन्धनमा जादा समाजवादीले केही वडा सहित उपमेयर दावी गर्दै आएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic