गठबन्धन गरेर चुनावी मैदानमा उत्रने ४ दलको घोषणा, काङ्ग्रेसलाई मेयर, माओवादीलाई उप–मेयर

  • वैशाख ८, २०७९
  • १,५६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ वैशाख ः स्थानिय तहको यही वैशाख ३० गते हुन लागेको निर्वाचनको लागि धरानमा सत्ता गठवन्धन दलहरुबीच गठवन्धन गरेर निर्वाचनमा जाने सहमति भएको छ ।

गठवन्धनमा जाने ४ राजनीतिक दलहरुबिच सहमती बनेको हो ।

दलहरुले बिहिबार पत्रकार सम्मेलन गरि सो बारे जानकारी गराएका थिए । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा) बिच गठबन्धन गर्ने सहमति भएको नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोख्रेलले जानकारी दिएकाछन् ।

पोख्रेलले दिएको जानकारी अनुसार गठवन्धनमा भएको सहमतीमा नेपाली काङ्ग्रेसले मेयर र समेत गरेर वडा नम्बर १,२,५,६,७,८,९,११,१२,१३,१४,१६ र १८ गरि १३ वटा वडाहरु परेको छ। नेकपा माओवादी केन्द्रले उप–मेयर सहित ३,१५,१७ र २० गरि ४ वटा वडाहरु परेको छ।

त्यसैगरि जसपाको भागमा १० र १९ गरि २ वटा परेको छ भने एकीकृत समाजवादी पार्टीको भागमा भने वडा नम्बर ४ परेको छ। धरानको बृहत्तर बिकासका लागि सहकार्य गरेर जाने सहमती भएको पत्रकार सम्मेलनमा बितरित बिज्ञप्तिमा उल्लेख गरिएको छ।

गठवन्धन दलहरुमा जुन पार्टीका तर्फबाट अध्यक्षको उम्मेद्वार रहन्छ सदस्यहरुका लागि पनि सोही पार्टीको चुनाव चिन्ह प्रयोग गर्ने सहमती समेत वनेको पत्रकार सम्मेलनमा वितरण विज्ञप्तिमा उल्लेख गरीएको छ ।

केन्द्र देखि नै गठवन्धन गर्ने सहमति अनुसार स्थानीय स्तरमा पनि भएको वताउदै आन्तरीक रुपमा सामान्नय विवाद भएको र त्यसलाई आन्तरीक रुपमा वसेर पार्टीले समाधान गदै जाने उल्लेख गरेकाछन् ।

उनले आन्तरीक रुपमा रहेको विवाद मिलाउदै गठवन्धनलाई एकढिक्का वनाएर निर्वाचनमा होमिने र परीणाम निकाल्ने दावी समेत गरेकाछन् ।

सवै कुरा मिलाएर गवन्धनका उमेद्वारलाई वहुमतका साथ विजयी गराउने लक्ष्य र उदेश्यले अघि वढने जिकिर गरेका थिए ।

नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज सुश्मा राईले गठवन्धनको मर्म र भावना अनुसार नै गठवन्धन दलहरु एक ढिक्का भएर अघि वढने वताएकीछिन् । उनले गठवन्धन समयको माग र आवस्यकता भएको दावी समेत गरेकीछिन् ।

 

 

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic