चुनावको मुखमा एमालेलाई धक्का धरान ४ का वडाअध्यक्षद्धारा पार्टी परित्याग समाजवादीबाट वडाध्यक्षको उमेद्वार

  • वैशाख १०, २०७९
  • १,५६१ पटक पढिएको
  • छाल खबर

man bahadu छाल खवर
धरान,१० वैशाख ः नेकपा एकिकृत समाजवादीको लामो समयदेखि गरेको प्रयास सार्थक वनेको छ ।

समाजवादीले नेकपा एमालेबाट निर्वाचित धरान ४ का वडाध्यक्ष मानवहादुर राईलाई समाजवादीमा ल्याउन गरेको प्रयास सार्थक वनेको हो ।

नेकपा एमालेबाट निवार्चित धरानको वडा नं ४ का वडाअध्यक्ष मानबहादुर राई नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

उनले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उमेद्वार वन्नको लागि वडा अध्यक्षबाट पदबाट समेत राजीनामा दिएकाछन् ।

वडाध्यक्ष राईले शनिवार राजिनामा दिएर एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा समेत गरेकाछन् ।

गठवन्धनको भागवण्डामा वडा नं ४ एकिकृत समाजवादीको भागमा परेको छ । एक पटक वडाअध्यक्ष भएर अधुरो रहेको काम पुरा गर्न आफूले फेरी जनतामा माझ जान चाहेको वताए ।

उनले अब एकीकृत समाजवादीबाट वडा नं ४ मा अध्यक्ष उठ्ने पनि बताए ।वडाध्यक्ष राईलाई पार्टी प्रवेश गराउनका लागी केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज सुष्मा राईले लामो समयदेखि पहल गर्दै आउनु भएको थियो ।

277687456_850810542981572_7140741622648745035_n 278075770_1007914053228666_3447668728827498719_n 278755045_1097797227466098_3237874121845859619_n 278534346_384425343578771_6356833884639364886_n

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic