वडाध्यक्ष पदका उमेरद्वार श्याम श्रेष्ठको प्रतिवद्धता धरान १४ लाई पर्यटन हब बनाउँछौ ।

  • वैशाख १९, २०७९
  • १३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ वैशाख ः स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिका धरान १४ का लोकतान्त्रिक बाम गठबन्धनका धरान १४ का वडाध्यक्ष पदका उमेरद्वार श्याम श्रेष्ठले धरान १४ मा रहेका बुढासुब्बा, दन्त्तकाली र पिन्डेश्वर शक्तिपिठको प्रचारप्रसार गरी वडालाई पर्यटन हब बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

श्याम श्रेष्ठले घोषण पत्रमा सामाजिक सुरक्षाका कोख देखी शोक सम्मको कार्यक्रम लागु गर्ने बताएका छन्। धरान १४ लाई पानी, सडक र अन्य कुरामा काम गर्ने विश्वास दिलाएका छन् .

uuuuu

यस्तै, वडालाई प्रविधीमैत्री बनाउन होडिङ बोर्डको व्यवस्था गर्ने। केन्द्रिय प्रविधी क्याम्पस हात्तिसारको लागी वडाबाट संकायगत रुपमा १ जनालाई आरक्षको पहल गर्ने । स्थानीय उत्पादन र हाटबजारको व्यवस्था गर्ने बताएका छन्््।

सबै वडावासीको विद्युत सेवा उपलब्ध गराउन न्यूनतम २० युनिट सम्म विद्युत महसुल वडाले नै तिर्ने व्यवस्था गर्ने उनको घोषणा पत्रमा उल्लेख छ ।

स्थानीय स्तरमा आफूले राजनीतिमा पुयाएको भूमिकाकाको कारण टिकट पाएको बताएका छन्। उनले एक पटक अवसर दिनु आग्रह गर्दे वडावासीहरुको हितमा २७ वटा कामको प्रतिवद्धता व्यक्त गरेका छन्।

उनले नेपाली कांग्रेसलाई २०२५ सालदेखी सहयोग गरेका छन् भने काग्रेसलाई सहयोग गर्ने क्रममा उनलाई २०२८ सालमा राजकाज मुद्धा समेत लागेको थियो । कांग्रेसका शिर्ष नेताहरुले श्रेष्ठलाई असल राजनीतिज्ञ समेत मान्छन्।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic